काठमाडौँ । इन्फा अवार्ड २०२५ का लागि १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । इन्फा इभेन्ट्स र इन्फा नेपालले बेलायतको लन्डनमा आयोजना गर्ने अवार्डका लागि हरेक विधामा उत्कृष्ट पाँचको घोषणा गरिएको हो ।
अवार्ड कार्यक्रम आगामी भदौ २८ गते (१३ सेप्टेम्बर ) लन्डनको ग्रिनफोर्ड टाउन हलमा हुँदैछ । गौरी मल्ल संयोजक तथा रमेश बुढाथोकी र करुण थापा सदस्य रहेको जुरी कमिटीले सन् २०२४ जुन २८ पछि प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट घोषणा गरेका हुन् ।
सार्वजनिक गरिएको मनोनयनअनुसार उत्कृष्ट फिल्मतर्फ मुन लभ इन्टरटेन्मेन्ट प्रा.लिको अञ्जिला, आमा सरस्वती मुभिजको छक्का पन्जा ५, यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको कार्साङ, सेभेन सिज सिनेमाको पूर्ण बहादुरको सारङ्गी र वेल डन क्रियसनको तेल भिसा रहेका छन् ।
चित्रमा हेर्नुहोस् सबै विधाको मनोनयन:

लाइफटाइम एचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरी कूल २६ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले जानकारी दिएका छन् ।
अवार्ड कार्यक्रममा नेपालबाट चर्चित कलाकारको उपस्थिति रहनेछ । अवार्ड आयोजनाको बेलायतको समितिमा उमेश मोक्तान, टंक भट्टराई, राज पाण्डे र आशिष पन्त छन् । नेपालतर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा, मनिष कार्की रहेका छन् ।