काठमाडौँ । स्कटल्यान्डमा आईसीसी विश्वकप लिग२ को त्रिकोणात्मक सिरिज र टी२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार एक कार्यक्रमबीच टोलीको बिदाइ गरेको हो। नेपाली टोली आजै साँझ स्कटल्यान्ड प्रस्थान गर्दैछ।
नेपालले लिग२ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग २–१० जुनसम्म सिरिज खेल्नेछ। लिग२ सिरिजपछि नेपालले ती देशहरूसँग टी२०आई सिरिज खेल्नेछ। उक्त सिरिज १५–२० जुनसम्म सञ्चालन हुनेछ ।
लिग२ का लागि नेपाली टोलीमा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन्।
यस्तै, टी२०आई सिरिजका लागि किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम पनि टिममा रहेका छन्।