Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
विचार/व्लग
  • Home
  • विचार/व्लग
  • मेरा लागि अत्यन्त सुखद सप्ताहान्त
मेरा लागि अत्यन्त सुखद सप्ताहान्त
मिलन तमु
मिलन तमु मंगलबार, वैशाख ३०, २०८२

बेलायतको डायस्पोरामा नेपाली समुदायका संघ संस्थाहरू बग्रेल्ती स्थापना भएका छन् । सप्ताहान्तमा कुनै न कुनै संस्थाले कार्यक्रम गरिरहन्छन् । त्यसमा सबैलाई भ्याई नभ्याई हुन्छ । 

गोर्खा मिडियाको प्रबन्ध निर्देशक र पत्रकार भएको नाताले मलाई नेपाली राजदूतावासदेखि मन्त्री, सांसद र मेयरहरूको कार्यक्रममा निमन्त्रणा आइरहन्छ । तर समय उपलब्ध हुने कार्यक्रम मात्रै सहभागी हुन्छु । सबैको छुट्टी नमिल्ने भएकाले मन पेट मिल्ने साथीहरू सबै मिलेर रमाइलो गर्ने भन्ने चाहिँ बिरलै हुन्छ । संयोग भनौँ, तमु धीं यूकेका अध्यक्ष आदरणीय जुमकाजी गुरुङसँग यो हप्ता सँगसँगै हिँड्ने अवसर जुर्‍यो । शनिबार मेरो गाउँले समाज मर्दीखोला समाजमा उहाँ प्रमुख अतिथि भएर आउनुभयो । आइतबार संसारको ठूलो आधुनिक सुविधा सम्पन्न वेम्ली स्टेडियममा सँगै फुटबल हेर्‍यौँ । सोमबार शान्तिको अग्रदूत बुद्धको २५६९औँ जन्मोत्सव मनाउन पनि सँगै भयौँ । 

सुरुमा डायमन्ड बुद्ध सेन्टर प्लम्स्टिड जाने तय भयो । त्यहाँ बिहानै शान्ति पदयात्रा गरेर कार्यक्रम आरम्भ हुन्छ । 

Sanvi jeeler
Maoustail service
496512873_1445259233409980_8292932627547596516_n-1747155660.jpg
वेम्ली स्टेडियममा फुटबल हर्ने क्रममा जुमकाजी गुरुङलगायतसँग ।

आदरणीय धर्मगुरुहरूको उपदेश, आशीर्वचन, मन्त्र र सूत्र ग्रहण गर्ने, अध्यक्ष इन्स्पेक्टर खेम गुरुङ, महासचिव कमल गुरुङ र धर्मको उपासकबाट मान सम्मान मिठो परिकार खाने कार्यक्रम सकेर हामी थाउजेन्ड बुद्ध गुम्बा रिडिङमा पुग्यौँ । मे.रि. समुद्र गुरुङलगायतको स्वागत र धर्म गुरुहरूको आशीर्वचन ग्रहण गर्‍यौँ र अल्डरसट पुग्यौँ । त्यहाँ पनि लामा गुरुहरूको आशीर्वाद, समितिको र धर्म उपासकबाट मान सम्मान साथै आतिथ्य र मिठो स्वादिष्ट परिकार ग्रहण गर्‍यौँ । 

दिनभरी गुम्बाहरूमा पुगेर पूजाआजा गर्ने र आशीर्वाद ग्रहण गर्ने काम भयो  । जुमकाजी गुरुङ दाइ र दिदी कमलादेवी गुरुङसँगै हुन पाइयो । यो अत्यन्त अविस्मरणीय र फलदायी समय थियो । उहाँहरूसँग हुँदा म आफूलाई सुरक्षित भएको सम्झिन्छु । उहाँको कुराले मलाई ऊर्जा मिल्छ । मन खुसीले रम्छ ।  

आफूलाई मन लागेको व्यक्तिसँग हिँड्न मन सधैँ समय जुर्दैन । तर कहिलेकाहीँ भने त्यस्तो समय परिस्थितिले जुराइदिने रहेछ । यो सप्ताहान्त मेरा लागि अत्यन्त सुखद रह्यो । सधैँ यसरी चाहेको आफन्तजनसँगै हुन पाऊँ । बुद्धको २५६९औँ  जन्म जयन्तीको पावन अवसरमा सबलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु । सबैको जय होस् । जय बुद्ध ।


प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप विचार/व्लग
पुनर्जन्म, आत्मा र परमात्माको विश्लेषण
पुनर्जन्म, आत्मा र परमात्माको विश्लेषण शनिबार, साउन ३, २०८२
ट्रम्प, ट्रेड वार र विश्व प्रभाव : मेरो एक संक्षिप्त अवलोकन
ट्रम्प, ट्रेड वार र विश्व प्रभाव : मेरो एक संक्षिप्त अवलोकन बिहीबार, वैशाख २५, २०८२
छापा पत्रकारिता : सम्भावना र रणनीति
छापा पत्रकारिता : सम्भावना र रणनीति बुधबार, वैशाख १७, २०८२
वैसाख १ ले नेपाली विरासत बोक्छ ?
वैसाख १ ले नेपाली विरासत बोक्छ ? सोमबार, वैशाख १, २०८२
विचार : नेपालमा संवैधानिक राजतन्त्र कि गणतन्त्र विवादको शान्तिपूर्ण निकास
विचार : नेपालमा संवैधानिक राजतन्त्र कि गणतन्त्र विवादको शान्तिपूर्ण निकास बुधबार, चैत २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्