लन्डन । पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’को प्रमियर बेलायतबाट हुने भएको छ । गुरुङले शनिबार पोस्टर सार्वजनिक गर्दै प्रिमियरबारे जानकारी दिएका हुन् ।
आगामी ११ र १३ जुलाईमा प्रदर्शन गर्न लागिएको मुख्या पारिवारिक चलचित्र हो । ११ जुलाईमा प्यालेस हल अल्डरसट र १३ जुलाईमा तमु प्येल्हु संघ रेडिङमा प्रदर्शन हुनेछ ।
यो तीन पुस्ता (बाजे, छोरा र नाति) को कथा हो । यसैगरी बेलायतबाट नेपाल जाने, गुरुङ संस्कार संस्कृति मनाउँदा आउने असमझदारीको पनि कथा यसमा समेटिएको छ ।
चलचित्रमा टिकाराम घले, विष्णु गुरुङ , रिया गुरुङ , सबिना गुरुङ , रेसम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङ, प्रिया गुरुङलगायत कलाकारको अभिनय रहको छ । गणेश गुरुङको गीत, दीपक गुरुङको संगीत, दीपक गुरुङ र पवित्र गुरुङको स्वर रहेको छ ।
यस्तै, खेम थापा मगरको छायांकन, सन्तोषी गुरुङको कोरियोग्राफी, इना गुरुङको मेकअप, मेक थापाको सम्पादन रहेको चलचित्र लेखन/निर्माण/निर्देशन प्रितम गुरुङले गरेका हुन् ।