Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • कलाकार देशको गहना भनेर बेलायतमा एकदमै माया गर्नुहुँदोरहेछ : गायिका बिमला गुरुङ [अन्तर्वार्ता]
कलाकार देशको गहना भनेर बेलायतमा एकदमै माया गर्नुहुँदोरहेछ : गायिका बिमला गुरुङ [अन्तर्वार्ता]
मिलन तमु
मिलन तमु शुक्रबार, वैशाख ५, २०८२

गोरखाको सिम्जुङ पात्लेमा जन्मिनुभएकी गायिका बिमला गुरुङ उदीयमान गायिका हुनुहुन्छ । गाउँमै प्लस टू गरेर काठमाडौंमा आउनुभएकी उहाँ ६/७ वर्षदेखि संगीतमा संघर्ष गरिरहनुभएको छ । गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा बेलायत आउनुभएकी बिमला यहाँ साढे ४ महिनादेखि विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिइरहनुभएको छ । उहाँ विशेषत: आधुनिक, कौडा गीत, झ्याउरे र गुरुङ गीतहरु अनि लोक तथा दोहोरी गीत गाउनु हुन्छ । गायिका तथा मोडल बिमला गुरुङसँग बेलायत बसाइ र सांगीतिक यात्राबारे गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा मिलन तमुले गर्नुभएको कुराकानीको सम्पादित अंश :   

तपाईं बेलायत आउनुभएको कति महिना पुग्यो ?
म गुरुङहरुको चाड तमु ल्होछारका लागि गत डिसेम्बर २०२४ मा बेलायत आएकी हुँ । 

कुन संस्थाको निमन्त्रणामा यहाँ आउनुभएको हो ?
म गोर्खा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणामा यहाँ आएकी हुँ ।

यूके भ्रमण कति औं पटक हो तपाईंको ?
यूकेमा म पहिलो पटक आएकी हुँ । 

Sanvi jeeler
Maoustail service

बेलायत बसाइ कस्तो भइरहेको छ ?
एकदमै रमाइलो र राम्रो बसाइ भइरहेको छ । साह्रो, गाह्रो केही छैन । 

कार्यक्रमहरु कत्तिको पाइरहनुभएको छ ?
कार्यक्रम राम्रै भइरहेको छ । 

स्वदेश र विदेशमा कलाकारले पाउने माया कस्तो पाउनुभयो ?
धेरै फरक छ । नेपालमा धेरै जना कलाकारहरु हुनुहुन्छ । कार्यक्रमहरुमा छ्यापछ्याप्ती देखिरहेका हुन्छन् । माया त गरिन्छ तर विदेशमा जस्तो हुँदैन । तर यहाँ (बेलायत)मा चाहिँ कलाकार देशको गहना भनेर एकदमै माया गर्नुहुँदोरहेछ । विदेश आएर पनि विदेश आएजस्तो फिल नहुँदोरहेछ । सात समुद्र पार गरेर आएपछि नचिनेकाहरु पनि नचिने झैं कहिले पनि भएन । सबैले आफ्नै छोरी, आफ्नै भान्जी, आफ्नै बहिनीजस्तो मानेर एकदमै माया गर्नु हुँदोरहेछ । एकदमै खुसी लाग्यो । मैले यो माया बटुल्न पाउनु नै मेरा लागि एकदमै ठूलो कुरा हो । यसका लागि गोरखा जिल्ला गुरुङ समाजका अध्यक्ष आदरणीय काका टेकमान गुरुङलगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो अवसर दिनु भएकोमा । 

तपाईं बेलायतबाहेक अन्य कुन कुन देश जानुभयो ?
मेरो पहिलो भ्रमण नै बेलायत हो । 

नेपालमा म्युजिककै फिल्डमा मात्रै हो ?
संगीत कक्षा लिने, नाइट ड्युटी गर्थें । 

क्लबमा कि दोहोरी साँझमा ?
पहिलेचाहिँ दोहोरी साँझमा गाउँथें । साढे दुई वर्षजति गामबेंसी दोहोरीमा काम गरेँ मैले । भ्वाइस अफ नेपालमा जानुभन्दा अगाडि । अहिलेचाहिँ दरबारमार्गको कासा लन्च एन्ड बारमा गाउँछु । 

भ्वाइस अफ नेपालको कुन सिजनमा सहभागी हुनुभयो ?
म भ्वाइस अफ नेपालको सिजन ५ मा सहभागी भएँ । म नकआउट राउन्डमा पुगेँ । 

भ्वाइस अफ नेपालको केही अनुभव सुनाइदिनुस् न ?
धेरै अनुभव बटुलेँ । केही पनि नजानेको मान्छे, त्यहाँ गएर धेरै कुरा सिक्न पाएँ । धेरै म्युजिसियन दाजुहरुसँग धेरै विषय सिक्न पाएँ । नजानेका कुरा उहाँहरुले सिकाउनुभयो । त्यहाँ जानुभन्दा अगाडि मलाई चिन्दैनथ्यो । काम घर, काम घरमात्रै थियो । भ्वाइस अफ नेपालमा गएपछि धेरै जनाले चिन्ने मौका पनि पाउनुभयो । मैले पनि चिनाउने मौका पाएँ । मैले थुप्रै गीतहरु पनि गरेँ । कार्यक्रमहरुमा पनि गएँ । जसले धेरै राम्रो भयो । 

अन्त्यमा केही भन्न चाहनुहुन्छ । 
म यूकेमा रहँदा जति पनि दर्शकहरुले, आमाबुबा, मामामाइजु, काकाकाकी सबै जनाले एकदमै माया गरिदिनु भएको छ । त्यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु । मलाई नेपाल गएपछि पनि माया राखिदिनु होला । साथ सपोर्ट गरिराख्नु होला । म अझै पनि तपाईंहरुमाझ राम्रा राम्रा गीत लिएर आउने नै छु । आफ्नै छोरीसरह गर्नुभएर एकदमै टेककियर गर्नु हुने दिनेश गुरुङ काका धेरै धेरे धन्यवाद । त्यस्तै गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ काका र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ।   
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो] 
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो]  आइतबार, जेठ १८, २०८२
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता]
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता] शुक्रबार, वैशाख १९, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्