Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 1, August, 2025 शुक्रबार, साउन १६, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • 'मेरो कार्यकालमा तमु धीं यूकेको मान, प्रतिष्ठालाई झन् अघि लैजाने काम भयो' [अन्तर्वार्ता]
'मेरो कार्यकालमा तमु धीं यूकेको मान, प्रतिष्ठालाई झन् अघि लैजाने काम भयो' [अन्तर्वार्ता] 'कुनै पनि संस्थाले मागेरभन्दा दिएर अगाडि बढ्छ भन्नु राम्रै कुरा हो'
मिलन तमु
मिलन तमु आइतबार, पुस २८, २०८१
Sanvi jeeler
Maoustail service
पुर्ख्यौली घर ठानामौला फलेवास नगरपालिका-८ पर्वत भएका समाजसेवी हरि गुरुङ तमु धीं यूकेको निवर्तमान अध्यक्ष हुनुहुन्छ । गत २८ डिसेम्बर २०२४ मा भएको तमु धीं यूकेको रजत महोत्सव तथा ल्होछार कार्यक्रममा १३ औं कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणपछि उहाँ निवर्मान बन्नुभएको हो । वि.सं. २०२१ सालमा जन्मनु भएका गुरुङले विद्यालय तह र क्याम्पसस्तरको पढाइ पर्वत, कास्की र काठमाडौंबाट पूरा गर्नुभयो ।
 
पृथ्वी नारायण क्याम्पस पोखरा कास्कीमा बीकम अन्तिम वर्षमा अध्ययनरत रहँदै सन् १९८८ मा बेलायती सेनामा भर्ती हुनुभएका उहाँ १७ वर्ष सेवा गरेर सन् २००५ मा अवकाश हुनुभयो । त्यसयता निरन्तर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । तमु धीं यूकेको सदस्य, सचिव, महासचिव, सल्लाहकार र दुई कार्यकाल उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएका हरि गुरुङ तमु धींको साथसाथै चारभञ्ज्याङ तमु समाज यूकेको स्थापनाकालमा सांस्कृतिक सचिव हुँदै ६ वर्ष महासचिव बन्नुभयो । 
 
मेडस्टोन नेपाली समाजको पूर्वअध्यक्ष तथा सल्लाहकार, तमु फोरम यूकेको सहनिर्देशक बन्नुभएका हरि गुरुङ एनआरएनए यूके, सहारा यूके, पर्वत वेलफेयर सोसाइटी यूके, चारभन्ज्याङ अन्तर्राष्ट्रिय समन्वय समिति, गुरुङ सोसाइटी केन्टको सल्लाहकारका साथै विभिन्न संस्थामा आबद्ध हुनुहुन्छ । 
 
तमु धीं नेपाल, बीसीसी केन्ट, बुद्धिष्ट गुम्बा रेडिङ, डाइमण्ड बुद्धिष्ट सेन्टरका ट्रष्टीसमेत रहनु भएका हरि गुरुङले नेपाल र बेलायतमा असंख्य मात्रामा संस्थागत र व्यक्तिगत रुपमा परोपकारी काममा सहयोग पुर्‍याउनुभएको छ । विद्यार्थीकालमा पलाएको राजनीतिक, सांगठानिक चेतनालाई अवकाशपछि सामाजिक अभियानमा जोड्नुभएका गुरुङ हाल श्रीमती सन्ध्या साथै एक छोरा र एक छोरीसहित हाल बेलायतको मेडस्टोनमा बसोबास गर्दै आउनुभएको छ । अथक् समाजसेवी हरि गुरुङसँग गोर्खा मिडियाको हिँड्दा हिँड्दै श्रृंखलामा मिलन तमुले गर्नुभएको कुराकानी । 
 
तमु धीं यूकेको अध्यक्ष पदको जिम्मेवारी १३ औं कार्यसमितिलाई हस्तान्तरण भएपछि, दिनचर्या कसरी बितिरहेको छ ?
– सरसर्ती हेर्दा जिम्मेवारी बुझाइयो, अबचाहिँ आनन्द होला भन्ने जोकोहीको मनमा पर्न सक्छ । तर, तमु धीं यूके यस्तो संस्था हो, जसमा निवर्तमान होस् वा पूर्वअध्यक्ष होस् कतै न कतै अल्झिँदोरहेछ । म पनि पहिले त्यही सोच्थें । निवर्तमान भएपछि अब सन्तोषको सास फेरुँ भनेको तर पनि धेरै किसिमका कामहरु हुँदोरहेछ । पूर्णरुपमा जिम्मेवारी सुम्पिने काम भइसकेको छैन । कागजपत्र, कार्यालय, बैंकहरुजस्ता हस्तान्तरणमा समय लिने काम हो, आजको भोलि हुने कुरा होइन । त्यसैले गर्दा आजको दिनसम्म रिल्याक्स हुने अवस्था छैन । तर मानसिकरुपमा के हुँदोरहेछ भने, मैले संस्था हस्तान्तरण गरेँ जसले जिम्मेवारीको बोझ अवश्य कम भएको छ । एवंरितले दिनचर्याहरु गुज्रिँदैछ । 
 
तपाईंकै कार्यकालमा तमु धीं यूकेको २५ औं वर्षगाँठ अर्थात् रजत महोत्सव मनाउने अवसर जुट्यो, यसबारे कस्तो महसुस गर्नुभयो ?
– मेरो कार्यकालमा रजत महोत्सव मनाउन पाउनु एकदमै अनप्लान हो । यस्तो गर्छु भनेर हुँदैन । विधाताले मेरै कार्यकालमा रजत महोत्सव मनाउनु पर्ने अवस्था आइपर्‍यो । यसमानेमा मैले आफूलाई सारै भाग्यमानी ठानेको छु । हाम्रो गरिमामय संस्थाको माइलस्टोन हो । यो अवस्थामा म अध्यक्ष भइरहँदा र सँगै त्यो जिम्मेवारी वहन गर्दा मैले भाग्यमानी ठानेको छु । यसले थप कार्यभार त दियो तर कार्यसमिति, पूर्वअध्यक्षज्यूहरु, ट्रस्टीज्‌ज्यूहरु, सल्लाहकार सबैसबै आदरणीय महानुभावलगायत विभिन्न संघसंस्था, मिडिया सबैको साथ छ यसमा । तमु धींको सेवा गर्न पाउनु नै भाग्यमानी हुँ । त्यसमा पनि रजत महोत्सव कार्यक्रम धेरै हदसम्म सफल भएको आँकलन गरिएको छ । मैलेभन्दा पनि बाहिरबाट मूल्यांकन गर्ने विषय हो यो। 
 
दुई वर्षे कार्यकालमा तपाईंले गर्नुभएका उल्लेख्य काम के-के हुन् ?
– एक, दुई, तीन भनेर मैले गरेका उल्लेखनीय काम गन्न त अलि अप्ठ्यारै छ, रेकर्ड पनि राखिएन । बाहिर भन्दै हिँड्ने नेचर पनि छैन मेरो । र पनि, तमु धीं यूकेलाई आर्थिक रुपमा सक्षम बनाउनु थियो, जो चाहिँ धेरै हदसम्म भए जस्तो लाग्छ । कसरी चुहावट घटाउन सकिन्छ र कहाँबाट आर्थिक उपार्जन गर्न सकिन्छ भनेर हामीले राम्रै गर्‍यौं । आर्थिक उपलब्धिलाई मात्र कुनै पनि संस्थाको उपलब्धि मान्नु पर्छ भन्ने जरुरी छैन । पैसा भन्ने कुरा त आउन सक्छ, जान सक्छ । आउन र जान गाह्रो हुने कुनै संस्थाको मान, प्रतिष्ठा हो । मेरो कार्यकालभर तमु धीं यूकेको आँच आउने काम वा तमु धीं यूकेको नाम तल जाने काम गरिनँ होला । सकेसम्म त्यसलाई बचाएर राखेँ अथवा अगाडि नै लगेँ होला भन्ने ठानेको छु ।
 
तमु धीं यूकेको वार्षिक कार्यक्रम गोर्खाकप हामीलाई असहज हुँदै गइरहेको थियो । बाहिरे गेट एउटामात्रै हुँदा दर्शकहरुको व्यवस्थापन असाध्यै गाह्रो भएको थियो । भाग्यवश नै भन्नुपर्छ, सबैको साथ रह्यो, मैदानबाट अर्को बाटो पनि खोल्न सफल भयौं । आउँदो वर्ष निरन्तर हुन्छ होला । त्यो पनि उपलब्धि नै मान्नुपर्छ । 
 
संघसंस्थाकै भरमा चल्ने हो तमु धीं यूके । दुई वर्षको अवसरमा धेरै संघसंस्थासँग हातेमालो गर्न सक्षम भयौं । मित्रता बढाउन सफल भयौं जस्तो लाग्छ । जसको संकेत स्वरुप नेपाली मेलामा ४१ वटा संघसंस्थाले भाग लिनु हो । २०१५ को भूकम्पपछिको यो दुई वर्षमा सबभन्दा धेरै परोपकारी काममा दानदक्षिणा गर्न भ्यायौं । त्यो पनि उपलब्धि नै मान्नुपर्छ । कुनै पनि संस्थाले मागेरभन्दा दिएर अगाडि बढ्छ भन्नु राम्रै कुरा हो । 
 
जिम्मेवारी वहन गर्दै गर्दा कत्तिको असजिलो भोग्नुपर्‍यो ? 
– विदितै छ, मैले तमु धीं यूकेमा सेवा गर्न लागेको धेरै समय हुन लाग्यो । तमु धीं यूकेको धेरै आरोहअवरोह, ओकाली ओरालीमा साक्षात्कार भएको मान्छे हुँ । हामीले अप्ठ्यारै अवस्था झेलेर आएका छौं । धेरै पदहरुको जिम्मेवारी मैले सम्हालेँ । तर अध्यक्ष हुनु र अरु पद सम्हाल्नुमा धेरै फरक छ । जत्ति अरु पदमा बोल्न, गर्न सजिलो हुन्छ तर अध्यक्षले एक/दुईचोटी सोचेर, बोल्ने, गर्ने गर्नुपर्दोरहेछ भन्ने मलाई बोध भो । कतिपय ठाउँमा अप्ठ्यारो अवश्य परेका थिए । कतिपय अवस्थामा कार्यसमितिकै साथीहरुबाट प्रश्न उठ्यो, कति बेला सल्लाहकार, ट्रस्टीज्यूहरुबाट । नेपाली मेला, गोर्खा कप चुनौतीपूर्ण काम हो । हामीले धेरै संघसंस्थासँग हातेमालो गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा अप्ठ्यारा प्रश्नहरु पनि नआएका होइनन् । फेरि पनि धन्यवाद दिन चाहन्छु म धेरै सहयोगीहरुलाई । हामीले अप्ठ्यारालाई सहज तरिकाले नै समाधान गर्दै गयौं । 
 
समाजमा आफ्नै कामबाट कत्तिको सन्तुष्टि मिल्यो तपाईंलाई ?
– हरेक मान्छेका लक्ष्य हुन्छन् । तर सबै लक्ष्य पूरा हुन्छ भन्ने हुँदैन । यो शाश्वत सत्य हो । सबै कुरा भनेजसरी र सोचे जसरी पूरा हुने भए अर्कै संसार हुन्थ्यो । अवश्य मैले सन्तुष्टि लिनुपर्छ बाधाअड्चनका बाबजुद, विभिन्न प्रतिकूलताका बाबजुद । धेरै समय बिताएको छु मैले तमु धींमा । धेरै हद्सम्म सन्तुष्ट हुनुपर्छ । कति ठाउँमा मैले चाहेको र गर्न खोजेका कामहरु पनि अवश्य छन् ।  
 
अन्त्यमा ?
– तमु धीं यूकेमा सेवा गर्न पाएकोमा मैले आफूलाई भाग्यमानी ठानेको छु । मेरो कार्यकाल सकियो भनेर फुत्त निस्केर भाग्नेवाला पनि छैन । पदीय जिम्मेवारीमा छैन अहिले । यो अवधिमा मलाई माया गर्नुहुने, सहयोग गर्नुहुने आदरणीय महानुभावहरु । मेरो प्यारो १२ औं कार्यसमिति, सबै तमु धीं यूके परिवार । मलाई परमात्माले पनि साथ दिनु भयो, त्यसका लागि पनि कृतज्ञ छु । गोर्खा मिडिया र मिलन तमु सरले पनि मेरो कार्यकालभरि सँगसँगै रह्यौं । सहयोगका लागि धेरै आभार व्यक्त गर्छु ।  

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो] 
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो]  आइतबार, जेठ १८, २०८२
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता]
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता] शुक्रबार, वैशाख १९, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
पुन समाज यूकेको तीन दिने वार्षिक क्याम्पिङ भेटघाट उल्लासमय वातावरणमा सम्पन्न
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्