फार्नबोरो। ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बीजीडब्लूएस)का सदस्य गंगाराम लिम्बूले छोरा केनिस लिम्बू डाक्टर भएको खुसीयालीमा संस्थाका सदस्यलाई मेसिङ पार्टी दिएका छन् ।
फार्नबोरोस्थित गोर्खा भवनमा गत ५ जनवरीमा भएको पार्टीमा २० जनाको सहभागिता रहेको थियो । डा. लिम्बूको प्रारम्भिक शिक्षा ग्रेन्ज कम्युनिटी जुनीयर स्कुलबाट भएको थियो ।
फर्नहिल स्कुल, सिस्क्थ फोर्म कलेज फार्नबोरो हुँदै उच्च शिक्षाका लागि प्लोभडिभ मेडिकल युनिभर्सिटी बुल्गेरिया गएका थिए । त्यहाँ ६ वर्ष लामो मेहिनेतपछि केनिसले डाक्टरी पास गरेका छन्।
डाक्टरका बाबु गंगाराम लिम्बूलाई संस्थाका अध्यक्ष मे.रि. टिकेन्द्रदल देवान जेपीले फूलको गुच्छा र खादा लगाएर बधाई दिँदै छोराको प्रगतिको प्रसंशा गरे ।
उपस्थित संस्थाका सहकोषाध्यक्ष प्रेम बुढा, नारायण गुरुङ, पीआर प्रकाश गुरुङ, मे. रि. कुलबहादुर थापा, क्या रि. राजेन्द्रमान गुरुङ, जीडब्लूपीएलका डाइरेक्टरहरु रामधन राई, रामलाल श्रेष्ठ, ओम काउचा थापा र किशोर श्रेष्ठ, टोप पाली, पर्शु बद्गामी, ओमेन्द्र गुरुङ, मीनबहादुर गुरुङ, कृष्ण राई, चिजबहादुर गुरुङ, मन्दकिनी हाईड्रोपावरका डाइरेक्टर विष्णु तामाङले पालैपालो खादा लगाएर बधाई दिएका थिए ।
कार्यक्रम सञ्चालन संस्थाका पीआर प्रकाश गुरुङले गरेका थिए ।