Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • ताङतिङ नौचु पैंगीलम भाइखलक यूकेको प्रथम भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम सम्पन्न
ताङतिङ नौचु पैंगीलम भाइखलक यूकेको प्रथम भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम सम्पन्न
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, मंसिर १२, २०८१
लन्डन । कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ गाउँ पुर्ख्यौली घर भई हाल बेलायतमा बसोबास गरिरहेका ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेको प्रथम भेटघाट तथा चेलीबेटी भोज अनि सम्मान कार्यक्रम २०२४ भव्य रुपमा सम्पन्न भएको छ ।
 
हेम्पसायरको फ्लिटस्थित चर्च क्रुकहाम वार मेमोरियल हलमा सम्पन्न कार्यक्रममा उपस्थित दाज्यूभाइहरु र चेलीबेटीहरुले भरमुग्दर मनोरन्जन गरेका थिए । ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेका अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको सुरुवात चेलीबेटी तर्फबाट सबैभन्दा ज्येष्ठ चेली बत्तीमाया गुरुङ र भाइखलक आमा समूहको तर्फबाट श्रीमती गोपना गुरुङ, संरक्षक मेजर बालासिङ गुरुङ तथा सल्लाहकार आसबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी औपचारिक कार्यक्रमको सुरु गरेका थिए । 
received_1599624790957560-1732696623.jpeg
भाइखलकको यो पहिलो औपचारिक कार्यक्रम भएकोले ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेको संरक्षक तथा नेपाल नौचु पैंगीलामा परिवारका अध्यक्ष मेजर बालासिंह गुरुङ एमबीईले नयाँ कार्यसमितिलाई खाता लगाई औपचारिक रुपमा बधाई दिएका थिए । लगत्तै ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेको तर्फबाट उपस्थित छोरी ज्वाइँहरुलाई (चेलीबेटीहरु र ज्वाइँहरुलाई) खाता लगाई भव्य स्वागत गरिएको थियो । 
received_1285857669274004-1732696649.jpeg
कार्यक्रममा रिभान चौर नाथु प्रल्हाद ङेह्रो पैंगीलामा भाइखलक यूकेको अध्यक्ष चकबहादुर गुरुङले भाइखलकको कार्यक्रममा उपस्थित हुन पाउँदा अति खुशी लागेको र नौचु पैगीलम ब्राण्डलाई बिश्वब्यापी बनाउनुपर्ने कुरा बताए । त्यस्तै, ताङतिङका नौचु पैंगीलम भाइखलक यूकेको संरक्षक मेजर बालासिंह गुरुले नौंचु पैगीलामाहरुको इतिहास छोटकरीमा प्रकाश पारेका थिए ।
 
कार्यक्रममा चेली पबित्र गुरुङ तथा ज्वाइँ हिमाल गुरुङको छोरा सुशान्त गुरुङ र छोरी श्रृष्टी गुरुङले "तेला तिया आकर्षक नृत्य गरेकी थिइन् भने भाइखलक सदस्य वीरेन्द्रजंग गुरुङ र छोरी प्रतिक्षा गुरुङले “छोरी मलाई भागी भागी नसताउ” भन्ने बोलको गीतमा ज्यादै मनोमहक अनि भावुक नृत्य प्रस्तुत गरेका थिए । साथै चेली सुलोचना गुरुङले “माइतीघर माइतीघर” बोलको गीतमा र बुहारी निता गुरुङले “अहा.. मनमा फुल्यो फुलै फूल” बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।
received_2255601531481447-1732696687.jpeg
कार्यक्रममा चेली योगा गुरुङले बाबा माइतीको प्रशंसा गर्दै आफैंले रचेको कविता वाचन गरेकी थिइन् र बाबा माइतीलाई धन्यवाद दिँदै चेलीबेटीहरुले ल्याएको कोसेली बाबामाइतीलाई हस्तान्तरण गरिएको थियो । 
 
औपचारिक कार्यक्रमको अन्त्यमा भाइखलकको अध्यक्ष क्याप्टेन गौबहादुर गुरुङ एमबीईले उपस्थित सबैलाई धन्यवाद दिँदै भाइखलकको पहिलो कार्यक्रमलाई ऐतिहासिक र सफल बनाउन प्रतक्ष्य अप्रत्यक्ष्य सहयोग गर्ने सम्पूर्ण कार्यसमिति सदस्य तथा भाइखलकहरु चेलीबेटीहरुलाई धन्यवाद अनि आभार प्रकट गरेका थिए । 
received_1666923210571868-1732696721.jpeg
कार्यक्रममा रमाइलो चिठा पनि गरिएको थियो भने चर्चित गायिका कल्पना श्रीर्पालीले “ताङतिङको मेलैमा” र “यो दाज्युको मिरमिरे आँखैमा” जस्ता चर्चित गीत गाएर उपस्थित सबैलाई मनोरन्जन गराएकी थिइन् । 
 
औपचारिक कार्यक्रम भाइखलकको उपाध्यक्ष बखत गुरुङले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम भाइखलक वीरेन्द्रजङ गुरुङले गरेका थिए । कार्यक्रमको फोटोग्राफी तथा भिडियोमा मिडिया संयोजक प्रशान्त गुरुङ र चेली मनु गुरुङले संयुक्त रुपमा सहयोग गरेका थिए । प्राविधिकतर्फ प्रसिम गुरुङ तथा जोन गुरुङले सहयोग गरेका थिए ।
received_1249319213021705-1732696756.jpeg
सम्पन्न कार्यक्रमको पूर्ण संयोजन (व्यवस्थापन) भाइखलकको महासचिव श्री तर्कजङ गुरुङ तथा निमित्त कोषाध्यक्ष गोपाल गुरुङले गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित]
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित] शुक्रबार, जेठ ३०, २०८२
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्