Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • एपीपीजीका चेयर एलेक्स बेकरसँग जी१० को बैठक सम्पन्न
एपीपीजीका चेयर एलेक्स बेकरसँग जी१० को बैठक सम्पन्न
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, मंसिर १०, २०८१

फार्नबोरो। गोर्खा भवन फार्नबोरोमा जी१० का सदस्यहरू र अल पार्टी पार्लियमेन्ट्री ग्रुप (एपीपीजी) नेपालका अध्यक्ष तथा अल्डरसटका सांसद एलेक्स बेकरबीच दुई घन्टा छलफल भएको छ । २३ नोभेम्बरका दिन एपीपीजी नेपाल गठन भएपश्चात जी१० का सदस्यसँगको पहिलो बैठक भएको हो ।  

467474518_1099905658294243_6254752909496223059_n-1732504394.jpg
बैठकमा जी१० बाट बीजीडब्लूएसका अध्यक्ष मे. रि. टिकेन्द्र दल देवान जेपी, गेसोका प्रतिनिधि रामकाजी गुरुङ, अनसनकारीद्धय धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घले र हेमस्यार काउन्टी काउन्सिलर एलेक्स क्रोफोर्ड सहभागी थिए।

मे. देवानले २१ पेजको ‘गोर्खा अभियानको संक्षिप्त जानकारी’ दस्ताबेज तयार पारेर एमपीलाई मिटिङ पहिलै नै जानकारी दिइसकेको बताए। त्यसैले बैठक छोटो र बुँदागत रूपमा अगाडि बढेको थियो। मे. देवानले दस्ताबेजमै भएका बुँदामा जोड दिँदै बोलेका थिए। 

467118693_1201796047552287_5175137401006929613_n-1732504421.jpg
२१ पेजमा ब्रिटिस सेनामा गोर्खाको भूमिका, गोर्खा वेलफेयर ट्रस्टका बारे, भेदभाव, भेदभावको रिलाइजेसन,भुपू गोर्खा संगठनहरु, गोर्खा सेटलमेन्टमा बीजीडब्लूएस, नेपाली दूतावास लन्डनको बारे, जी टू जीका बैठकहरू, अन्तिम चरण र त्रिपक्षीय सम्झौता, ट्यकोसको बारे समेटिएको देवानले बताए। 

बैठकमा धनबहादुर गुरुङले भोग हडताल बस्नुका कारण र बसेपछि सरकारले दिएको तनावबारे बोलेका थिए। अब पनि दिन काट्ने हामीलाई अल्झाइराख्ने नभई हाई लेभलको निर्णायक मिटिङ हुनुपर्छ भन्नेमा जोड दिए । ‘जे प्रतिज्ञा गरेर भोग हडताल तोड्न लगायो र तीन वर्षसम्म केही उपलब्धि भएन। यस्तै नै हो भने नसोचेको घटना हुन सक्छ’ भनी एमपीलाई भावुक बनाए। सन् २००४ मा लेबर सरकारले सेटलमेन्टको ढोका खोलेको थियो। लेबरकै पालामा दुई सरकारबीच चलिरहेको वार्ताबाट केही सकारात्मक नतिजा आउँछ कि भन्ने आश रहेको उनले बताए । 

462565051_3722025144715127_6876653381290797219_n-1732504447.jpg
श्रीमती घलेले नेपालीमै बोलेकी थिइन् । मे देवानले दोभासेको काम गरेका थिए। पहिलो पटक एलेक्स महिला एमपीलाई भेट्दा खुशी व्यक्त गर्दै श्रीमान् गुमाउँदाको पिडा सुनाएका थिए। ‘तीन वर्षमा लाहुरे छुट्टी आउँथ्यो। ६ महिनामा फर्कन्थ्यो। अनि घरमा बच्चाको जन्म हुन्थ्यो। श्रीमान् लाहुर हुन्थ्यो। अर्को पटक छुट्टी आउँदा छोरा वा छोरी ३ वर्षको भइसक्थ्यो। घर छुट्टी आएका लाहुरेलाई आफ्नै सन्तानले चिन्दैनथे । यस्तै हुँदै पेन्सन आएपछि घर परिवार पाल्नका लागि फेरि विदेश जानु पर्थ्यो। एक बोरा चामल पनि नआउने पेन्सन थियो । न्यूनतम पेन्सन र सधैँ बाबु बिना नै हुर्केका सन्तान भएर कुलतमा लाग्ने, राम्रो शिक्षा लिन नसक्ने धेरै भए,’ घलेले भनिन् । 

उनले श्रीमान् गुमाउँदाको कथा यसरी सुनाउँदा सबै भावुक भएका थिए। ‘हाम्रो समस्याहरू सबै लिखित रूपमा बुझाइसकिएको छ। लेबर सरकारले आलटाल गर्नु भएन,’ उनले भनिन् ।  

एपीपीजीका चेसर बेकरले धेरैनै चासो लिएर सुनेकी थिइन् । ‘म सधैँ तपाईहरुको पक्षमा बोल्नेछु। गोर्खाहरूलाई अन्याय भएको थाहा छ। मलाई सक्दो प्रमाणहरू उपलब्ध गराइदिनुहोस्। नेपाल सरकार, रक्षा मन्त्रालय र जी१० बिचमा सक्दो वातावरण बनाउनेछु,’ उनले भनिन् । 

बैठक व्यावहारिक भयो भन्दै आयोजकलाई उनले धन्यावाद दिइन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित]
समान पेन्सनलगायत भूतपूर्व गोर्खाका मागबारे बेलायत सरकारसँग वार्ता [विज्ञप्तिसहित] शुक्रबार, जेठ ३०, २०८२
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्