Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
साहित्य
  • Home
  • साहित्य
  • तेस्रो बृहत्‌ साहित्यिक विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा
तेस्रो बृहत्‌ साहित्यिक विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा
विजय हितान
विजय हितान शुक्रबार, कात्तिक ९, २०८१
Sanvi jeeler
Maoustail service
लन्डन । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि काठमाडौंमा दुई दिने तेस्रो बृहत्‌ साहित्यिक विश्व सम्मेलन-२०८१ हुँदै छ । यही कात्तिक १० र ११ गते (२६ र २७ अक्टोबर) सम्म होटल आनन्द पशुपति गौशला काठमाडौँमा हुने साहित्यिक विश्व सम्मेलन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी दुई दिने 'साहित्यिक विश्व सम्मेलनु' को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले विश्वका विभिन्न देशको सहभागिता रहने सम्मेलनका क्रममा एकैसाथ १४ वटा पुस्तकहरूको लोकार्पण हुनेसमेत जनाए । त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मान पनि गरिने उनले बताए । कार्यक्रम 'नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान' मूल नाराकासाथ आयोजना गरिएको हुनाले यो मूल विषयमा प्रा.डा. गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरी अहिलेको जल्दोबल्दो विषय पर्यावरणीय समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहेका असमका प्रा.डा. देवेन सापकोटाले पर्या कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा-प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका बौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरू लगायतको बाक्लो उपस्थिति रहने कुरा पनि अध्यक्ष लिम्बूले अवगत गराएका छन् । कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको छ । पहिलोसत्रमा कार्यक्रमको उद्घाटन हुनेछ । उद्घाटनसत्रमा प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन गर्नेछन् त्यसपछि पुस्तक लोकार्पण, पुरस्कार सम्मान समर्पण र विशिष्ट व्यक्तित्वहरूको मन्तव्य रहने छ । त्यसैगरी दोस्रोसत्र सम्मेलनको प्रमुखसत्र हुनेछ । यो सत्रमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । केही सृजना वाचन र विशिष्ट मन्तव्यहरू रहने छन् । तेस्रोसत्र बेलुका हुनेछ । यो सत्रमा केही मन्तव्यहरू रहे तापनि सृजना वाचन प्रमुख हुनेछ । चौथो सत्र ११ गते बिहान सात बजे हुनेछ । यो बन्दसत्र पनि हो । यो सत्रमा महासङ्घ परिवारको मात्रै सहभागिता रहनेछ । यसमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूको बारेमा रिपोर्टिङ हुनेछ । पाँचौसत्र खाजापछि साढे आठमा सुरु हुनेछ । यो सत्रको प्रमुखता पनि केही मन्तव्य र सृजना प्रस्तुति नै रहनेछ । यसरी एघार बजे दुई दिने विश्व सम्मेलनको समापन हुनेछ । खानापछि अपराह्न विदेशी पाहुनाहरूलाई महामहिम राष्ट्रपतिसँग साक्षात्कार गराइने कार्यक्रम रहेको छ भने १२ गते बिहान अतिथिहरूको बिदाइ हुने आयोजकले जनाएको छ । कार्यक्रममा लोकार्पण गरिने पुस्तकहरुमा विश्व नेपाली साहित्य महासङ्घको नियमित प्रकाशन 'साहित्य संसार साहित्यिक वार्षिक', नेपाल शाखाको मुखपत्र 'नेपाल दर्पण', लुम्बिनी प्रदेशको मुखपत्र 'लुम्बिनी दर्पण', कर्णाली प्रदेशको मुखपत्र 'कर्णाली दर्पण', विनेसामको प्रकाशन सचिव डा. मनमूर्ती भुर्तेलको कवितासङ्ग्रह 'बुद्धको देशमा', प्रकाशन संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको कृति 'कल्पध्वनी', प्रकाशन केन्द्रीय कोषाध्यक्ष डा. केबी पौडेलको 'मेरो कथा', विनेसाम भारत शाखाको प्रकाशन केन्द्रीय सदस्य देविका मंग्राती राईको कृति 'काव्यप्रेक्षण', विनेसामको प्रकाशन लुम्बिनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलको कृति 'बाँकेका नारी स्रष्टा र सिर्जना', प्रकाशन लुम्बिनी प्रदेश कोषाध्यक्ष इन्दिरा गौतम निर्भिकको कृति 'इन्दु', कल्पना फाउन्डेशनको 'कल्पाङ्कुर', विनेसामको प्रकाशन हिन्दी साहित्यकार डा गोकुल क्षत्रीयको हिन्दी कवितासङ्ग्रह 'धूप-छांव', शिखरकवि शैलेन्द्र साकारको 'साकार समय' र 'मनको कुनै कुना' छन् । त्यसैगरी पुरस्कृत हुने स्रष्टाहरूमा वर्षको उत्कृष्ट पर्या कवितातर्फ किशन पौडेल (हेटौँडा) प्रथम, समीप बैरागी (रोल्पा) द्वितीय र भारती न्यौपाने (काठमाडौँ) तृतीय रहनु भएको छ । प्रथम पौडेललाई १५ हजार, द्वितीय बैरागीलाई १० हजार र तृतीय न्यौपानेले ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन्। सम्मेलनमा विभिन्न व्यक्तित्वहरू सम्मान गरिने भएको छ । ८ हजार मिटरभन्दा अग्ला नेपालका ८ हिमालहरूको नाममा गरिने ८ साहित्यदूत सम्मान १. साहित्यदूत सगरमाथा- प्रा.डा. गङ्गाप्रसाद प्रसाईं कुलपति त्रिपुरा विश्वविद्यालय, भारत २. साहित्यदूत कन्चनजंघा- प्रा.डा. सञ्जीव उप्रेती, वरिष्ठ लेखक समालोचक, काठमाडौँ ३. साहित्यदूत ल्होत्से- डा. शंकरदेव ढकाल, संयोजक भारतीय साहित्य एकेडेमी परामर्श समिति, दिल्ली ४. साहित्यदूत मकालु- प्रा.डा. कृष्णप्रसाद घिमिरे, अर्घाखाँची, सेवा आयोग सदस्य, लुम्बिनी प्राविधिक विश्वविद्यालय तथा पूर्वविभाग प्रमुख त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभाग ५. साहित्यदूत चोयु- प्राध्यापक भारती लिम्बू, थाइल्याण्ड ६. साहित्यदूत धौलागिरि- शिखर कवि शैलेन्द्र साकार, काठमाडौँ ७. साहित्यदूत मनास्लु- श्री विश्वप्रेम अधिकारी, कुलपति पुतलीबजार नगरपालिका प्रज्ञा-प्रतिष्ठान, स्याङ्जा ८. साहित्यदूत अन्नपूर्ण- श्री इच्छाराम गुरागाईं, वर्मा विनेसाम सद्भावना सम्मान- भारतीय नागरिकहरू- १. पद्मश्री डा. येसे दोर्जे थोङ्सी, भारत (असमीया साहित्यकार) २. डा. गोकुल क्षत्रीय, गुजरात, भारत (हिन्दी साहित्यकार) ३. डा. प्रेमानन्द रोय, पश्चिम बंगाल, भारत (बङ्गाली साहित्यकार) चिनियाँ नागरिकहरू- १. प्रा.डा. वाङ् जोङ् (प्रमुख, दक्षिण एसिया भाषा विभाग युनान् विश्वविद्यालय, कुनमिङ्, चीन) २. प्रा.डा. छिङ् युन् (निर्देशक, नेपाली भाषा शिक्षण तथा अनुसन्धान केन्द्र अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालय बेइजिङ, चीन) ३. श्री झाङ् युई (प्रमुख, सीसीटिभी ब्युरो अफिस) जापानिज नागरिक- १. श्री युको ओकामोता, (वाको विश्वविद्यालय, टोकियो जापान) बंगलादेशी नागरिक- (१. श्री सुल्तान अहमद सोना, बंगलादेश (बाङ्ला साहित्य) विनेसाम, अरनिको सम्मान (१. श्री चेतनाथ आचार्य, चीन) विनेसाम उत्कृष्ट सदस्य १. श्री कल्पना पौडेल जिज्ञासु, नेपालगञ्ज विनेसाम, नेपाल शाखाको उत्कृष्ट प्रदेश १. लुम्बिनी प्रदेश
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  २३:२८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप साहित्य
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता] आइतबार, साउन ११, २०८२
एक जमानामा हामी पनि थियौं [कविता]
एक जमानामा हामी पनि थियौं [कविता] शनिबार, साउन १०, २०८२
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित मंगलबार, साउन ६, २०८२
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’ शनिबार, साउन ३, २०८२
देशको माया [गीत]
देशको माया [गीत] आइतबार, असार २९, २०८२
म जोर्डन आउँदिनँ [कविता] 
म जोर्डन आउँदिनँ [कविता]  आइतबार, असार २२, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्