लन्डन । समु समाज कुवेतको छौटौँ अधिवेसन सम्पन्न भएको छ । २७ सेप्टेम्बर २०२४ मा भएको अधिवेशनले रन्जाना गुरुङको अध्यक्षतामा ७६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको कार्यक्रम भएको थियो ।
वरिष्ठ उपाध्यक्षमा याम गुरुङ, उपाध्यक्षमा नन्द घले गुरुङ, महिला उपाध्यक्ष शोभा गुरुङ, महासचिव सुरेश गुरुङ, सचिव अमृत गुरुङ, सहसचिव भेद गुरुङ, कोषाध्यक्ष पदम गुरुङ र सह कोषाध्यक्षमा कुमारी गुरुङ चयन भएका छन् ।
यसैगरी, कलाकार संयोजक सुसिल गुरुङ र उपसंयोजक सरस्वती गुरुङ, युवा संयोज आकाश (हरि) गुरुङ र उपसंयोजक तेज (शक्ति) गुरुङ, महिला संयोजक सुमी गुरुङ तथा खेलकुद संयोजकमा भुप्रसाद गुरुङ रहेका छन् ।
तमु गुरुङ जातिहरूको मौलिक पहिचान, जातीय उत्थान र एकताको निम्ति सम्पूर्ण तमुहरू एक हौ,’ भन्ने मूल उद्देश्यले सन् २००९ मा तमु गुरुङहरूको साझा संस्था तमु समाज, कुवेतको स्थापना भएको थियो ।
संस्थापक अध्यक्ष अमर गुरुङले सन् २००९ डिसेम्बरदेखि २०१२ अक्टोबरसम्म संस्थाको नेतृत्व गरेका थिए । सन् २०१२ अक्टोबरदेखि २०१८ सेप्टेम्बरसम्म खोप गुरुङ र त्यसयता हालसम्म राजु गुरुङ अध्यक्ष रहेका थिए ।