लन्डन । यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा यूके-२०२४) बाट विभिन्न विधाका कलाकारहरु सम्मानित भएका छन् ।
लन्डन ग्रीनफोर्डस्थित टाउन हलमा शनिबार १४ सेप्टेम्बरमा आयोजित विशेष समारोहमा ‘फर्की फर्की’ फिल्मबाट अनमोल केसी उत्कृष्ट अभिनेता र ‘प्रसाद २’ फिल्मबाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।
उत्कृष्ट चलचित्रको अवार्ड : ‘जारी’ फिल्म
उत्कृष्ट निर्देशकको अवार्ड :‘जारी’ फिल्मबाट उपेन्द्र सुब्बा
वेष्ट एक्टर (जुरी) :‘पुजार सार्की’ फिल्मबाट प्रदीप खड्का
पब्लिक च्वाइस फिमेल अवार्ड :‘फर्की फर्की’ फिल्मबाट जसिता गुरुङ
पब्लिक च्वाइस अवार्ड मेल : ‘पुजार सार्की’ बाट पल शाह
वेष्ट एक्ट्रेस (जुरी) : सुपला सापकोटा
पपुलर एक्टर अफ द इयर अवार्ड :‘जारी’ फिल्मबाट दयाहाङ राई
सर्वोत्कृष्ट कथा-पटकथाको अवार्ड :‘दिमाग खराब’बाट आकाश बराल
सर्वोत्कृष्ट छायाँकार :‘प्रसाद २’ बाट राजेश श्रेष्ठ,
सर्वोत्कृष्ट पार्श्वगायक : कालिप्रसाद बास्कोटा चरी बस्यो (जारी)
सर्वोत्कृष्ट पार्श्वगायिका : समीक्षा अधिकारी ‘बोक्सीको घर’ (बुझिन मैले)
सर्वोत्कृष्ट नृत्य अवार्ड : निर्देशक ‘पुजार सार्की’बाट शिशिर खत्री (दर्शन गरें)
इन्करेजमेन्ट अवार्ड : फिल्म ‘लन्डन टु पेरिस’बाट नायिका गरिमा शर्मा
लाइफटाइम अचिभमेन्ट अवार्ड : अभिनेता भुवन केसी
वेष्ट नेगेटिभ क्यारेक्टरको अवार्ड : ‘प्रसाद २’ बाट अर्पण थापा
वेष्ट म्यूजिक डिरेक्टर :‘बोक्सीका घर’का लागि प्रकाश सपुत
वेष्ट इडिटर ‘फर्की फर्की’:फिल्मबाट सुरेन्द्र पौडेल
वेष्ट परफर्मर अफ द इयर : सुशान्त खत्री
अवार्डका लागि सन् २०२३ मा बनेका कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिएको थियो । २२ विद्यामा अवार्ड दिइएको आयोजकले जनाएका छन् । वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ती फिल्म २६ दिन लगाएर मूल्यांकन गरेको थियो ।
कार्यक्रममा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत रोशन खनाल, प्रमुख प्रायोजक माया इभेन्ट्स र माया सपोर्टेड लिभिङका निर्देशक एवं यती स्पोर्टस् सेक्रेटरी राज पाण्डे एवं डा. रक्षा थापा, काउन्सिलर लक्ष्य गुरुङ, व्यवसायीहरु सुनिल थापा, अभिषेक भट्टराई, विकास नेपाल, यती अध्यक्ष पिपला देवान पाण्डे, यती महासचिव टंक भट्टराई, यती उपमहासचिव आशिष पन्त लगायतले अवार्ड प्रदान गरे ।