Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
मोडल
  • Home
  • मोडल
  • ‘दोहोरी साँझ कलाकारका लागि विद्यालय हो’
‘दोहोरी साँझ कलाकारका लागि विद्यालय हो’
मिलन तमु
मिलन तमु बिहीबार, साउन ३१, २०८१

लन्डन । केही वर्षयता युट्युबमा ‘लाइभ दोहोरी’को बाढी नै आएको छ । दिनैपिच्छे लाइभ दोहोरी सार्वजनिक भइरहेका छन् । लाइभ दोहोरी हेर्ने दर्शकको संख्या पनि उल्लेख्य हुने गरेको छ । यी दोहोरी गाउने कलाकारले पनि चर्चा कमाएका छन् । यसमध्ये एक हुन् रेजिना परियार । 

1bc4a84a-89b2-4ded-a74f-cf563c6d1eb2-1723716931.jpeg
उनी लाइभ दोहोरीमा चर्चामा रहेकी गायिका हुन् । हाल दैनिक तीन–चार वटा लाइभ दोहोरी रेकर्ड हुने गरेको उनी सुनाउँछिन् । रेजिनाको गायकीलाई तारिफ गर्नेहरू धेरै छन् । अनुशासित, सभ्य पहिरन, मिलनसार, सुमधुर स्वर र सरल शब्द संयोजनमा दोहोरी प्रस्तुत गर्छिन् । पछिल्लो समय लाइभ दोहोरीमा भ्याइनभ्याइ रहेको रेजिनाले सुनाइन् । 

‘सुन्दर बजार कटेसी कुन्छा’ र ‘घुम्ती घुम्ती रोड’ गीतले उनलाई नयाँ उचाइ दिलाएका छन् । युट्युबमा यी गीत सर्वाधिक रुचाइएका छन् ।

collage-(7)-1723716898.jpg
रेजिनाले दुई दशकअघि औपचारिक रूपमा सांगीतिक यात्रा सुरु गरेकी थिइन्। पहिलो पटक स्टुडियो छिर्दा अनौठो लागेको थियो। २०५९ सालमा गायक सागर गुरुङसँग काठमाडौँ डिजिटलमा  ‘बस्यो दिन बोलीमा’ रेकर्ड हुँदा मन फुरुंग भएकी थिइन्। ‘अब गायिका बनियो भनेर मनमा छुट्टै अनुभूति भएको थियो,’ उनी भन्छिन्, ‘तर यो क्षेत्र बुझ्दै गयो उति जटिल रहेछ ।’ 

Sanvi jeeler
Maoustail service

bb8cbf9e-1e81-431f-8fe7-633956168a18-1723717093.jpeg
रेजिना गोरखाको बारपाक सुलिकोट–७ गैरीछापमा जन्मिएकी हुन् । दर्जनौँ प्रतियोगितामा उत्कृष्ट गायिका, अनुशासित गायिकाको उपाधि जितिसकेकी छन् । मौलिक गायिकातर्फ २०२१ मा स्टार इन्टरनेसनल अवार्ड, म्युजिक खबर अवार्ड, इन्फझ नेपाल फ्रेन्डसिप अवार्डलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रय अवार्ड जितेकी छन् । यिनै अवार्ड, पुरस्कार र दर्शक/स्रोताको मायाले गायनमा प्रोत्साहन मिलेको छ । गोरखाको गाउँमा नै रोधी बसेको अनुभव धेरै छ उनीसँग । रोधीमा गाएका गीत नै पहिलो सांगीतिक खुड्किला थिए । 

756966ab-3d4f-45e2-ab2c-a7b926ff1626-1723717137.jpeg
काठमाडौँ प्रवेशसँगै प्रतियोगितामा सहभागी हुँदै आएकी उनले १००० भन्दा बढी गीत स्टुडियोमा रेकर्ड गराइसकेकी छन् । लाइभ दोहोरीमा ८०० भन्दा बढी गीत गाएकी छन् । ‘माया जाने दाङ सल्यान’, ‘चियाबारीमा’, ‘फूल राम्रो फूलकै बासनाले’, ‘माया माया भनेर’, ‘जोडी ढुकुर’, ‘थोरै माया’लगायत गीतमा उनले स्वर दिएकी छन् । 

हाल काठमाडौँ नयाँबसपार्कस्थित सोल्टिनी दोहोरी साँझमा सांगीतिक दोहोरी गाउँछिन् । दोहोरी साँझ एउटा कलाकारका लागि विद्यालय भएको उनको बुझाइ छ। ‘जहाँबाट धेरै कलाकार उत्पादन हुन्छन् । वाद्यवादक उत्पादन हुन्छन् र कलाकारलाई रोजीरोटी पनि मिलेको हुन्छ,’ उनले भनिन्, ‘एकातिर आम्दानी र अर्कोतिर दैनिक दिइने प्रस्तुतिले कलाकारिताको यात्रालाई सुदृढ बनाइरहेको छ ।’

collage-(9)-1723717232.jpg
हाल संगीतिक भ्रमणको क्रममा रेजिना बेलायत आएकी छन् । गोरखा जिल्ला समाज यूकेको निमन्त्रणामा २० जुलाईमा समाजको भेटघाटको अवसर पारेर बेलायत आएकी हुन् । यसअघि संगीतिक भ्रमणका क्रममा हङकङ, भारतलगायत देशमा प्रस्तुति दिइसकेकी छन् । 

0e6361ca-e276-4b4e-9112-dee11fdde35a-1723717263.jpeg
06e4066b-ae89-4054-a7da-740d063a108d-1723717310.jpeg
 


प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मोडल
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु]
उदीयमान गायिका संगीता गुरुङ [तस्बिरहरु] शुक्रबार, साउन १६, २०८२
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु] बिहीबार, जेठ २९, २०८२
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु]
गायिका तथा मोडल : बिमला गुरुङ [तस्बिरहरु] बिहीबार, वैशाख ११, २०८२
नृत्यमा रमाइरहेकी चाहना 
नृत्यमा रमाइरहेकी चाहना  आइतबार, फागुन ४, २०८१
म्युजिक भिडियोमा जुनाको छलाङ!
म्युजिक भिडियोमा जुनाको छलाङ! बुधबार, पुस १७, २०८१
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू]
व्यवसायसँगै संगीतलाई निरन्तरता दिइरहेकी दिलु [तस्बिरहरू] मंगलबार, कात्तिक २०, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्