लन्डन । बेलायतको तीन महिने सांगीतिक भ्रमण सकेर नेपाल फर्किने तयारीमा रहेकी रहेकी चर्चित गायिका तथा मोडल सम्झना लामिछाने मगरलाई बिदाइ गरिएको छ ।
९ अगस्ट शुक्रबारका दिन अल्डरसटस्थित ठमेल दोहोरी एन्ड ढिँडो घरमा भव्य बिदाइ तथा सांगीतिक कार्यक्रम गरिएको हो । उनी यही १९ अगस्टमा नेपाल फर्किँदै छिन् ।
कार्यक्रम सञ्चालन गायक मनसुदन थापा मगर र कल्पना श्रीपालले चलाएका थिए । सो अवसरमा सम्झनाले आफ्ना हिट गीत गएर प्रस्तुतिसमेत दिएकी थिइन् ।
हरेक संघसंस्थाबाट आएका प्रतिनिधि र उनका शुभचिन्तकहरूलाई खादा, फूल र मायाको चिनो दिएर बिदाइ गरेका थिए । सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, सल्लाहकार कृष्ण गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, गोर्खा किचनका प्रोप्राइटर भीम गुरुङ, तमु धीं युकेका महासचिव डा.विशाल गुरुङ, तनहुँ समाज यूकेका संरक्षक तथा निवर्तमान अध्यक्ष लेख गुरुङ, बीसीसी यूकेका अध्यक्ष हर्क गुरुङसहित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तक उपस्थित थिए ।
यसैगरी, गोर्खा गार्डेनका मिलन सुनुवार, केन्ट मगर संघका सचिव धन बुढा मगर, मगर संघ यूकेबाट लेख राना मगर दम्पतीसमेत बिदाइमा उपस्थित थिए ।
सहारा यूकेले प्रमाणपत्र पनि प्रदान गरेको थियो । अन्त्यमा सम्झनाले आफूलाई दिएको माया तथा सम्मानका लागि सबैलाई धन्यवाद दिइन् ।
सम्झना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आयोजनामा १८ मेमा फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा भएको स्वर्णिम साँझ तथा संस्थाको दशौँ वार्षिकोत्सवका लागि बेलायत आएकी हुन् ।
लामिछानेको यो बेलायत भ्रमण तेस्रो हो । उनी ‘फूल फुलेर पहेँलै भयो, आधी जोवन मायालाई भयो..’लगायत गीतबाट चर्चामा आएकी हुन् ।