Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
साहित्य
  • Home
  • साहित्य
  • भानुभक्तीय पर्याकविता
भानुभक्तीय पर्याकविता
विजय हितान
विजय हितान शनिबार, असार २९, २०८१

१. भानु तिम्रा रम्घा गाम, शहर बजार बसि सक्या

पक्की बाटो ल्याउनलाई, पाखा पखेरा खनि सक्या

सुन्दर पहाडको छाती चिरी, मोटर गाडी गुड्न थाल्या

बुकी पैयुँ फुल्ने भेकमा, धुवाँ धुलो उड्न थाल्या ।

Sanvi jeeler
Maoustail service

 

२. भानु तिम्रा रम्घा गाम, झललल बिजुली आइ दिया

विकासले ल्याउँछ विकृति, डर मलाई लाइ सक्या

टेलिभिजन इन्टरनेट सबै, गाउँले ले पाई सक्या

कहिल्यै नसड्ने फोहरका रासले, घर आगनाँ छाइ सक्या ।

 

३. भानु तिम्रा रम्घा गाम, घरघर पानीका नाला आया

मौसम परिवर्तन असर अब, कहिल्यै नफर्कना भया

मुसलधारे पानी पर्ने, कैले खडेरीले सुक्खा हुने

सहनै नसक्नु गर्मी हुने, कहिले जाडोले मुटु कमाउने ।

 

४. भानु तिम्रा रम्घा गाम, दोकान पसल खुली सक्या

जन्तु जनावर मारेपछि, पाप लाग्ला भनी भुली सक्या

रासायनिक मलको चलनले, जैविक मल छर्न छाड्या

बारीका किरा फट्यांग्रा र खेतका गँड्यौला मर्न थाल्या ।

 

५. भानु तिम्रा रम्घा गाम, पुतली मौरी उडी सक्या

यार्सागुम्बा जडीबुटी, चोरी सिकारीले गोडी सक्या

पानी भर्ने पँधेरी अनि, घाँसीको कुवा सुकी सक्या

वासस्थानको विनाशले, बाघ भालु लुकी सक्या ।

 

६. भानु तिम्रा रम्घा गाम, पाटाका डल्ला फोडी सक्या

कुहू कुहू कोइली गीत, म त सुन्न छोडी सक्या

हिम शिखरका हिउँ पनि, कति छिटो पग्ली सक्या

डाँफे मुनाल नाच्दै गर्‍या, देख्न हाम्ले छोडी सक्या ।

 

७. भानु तिम्रा रम्घा गाम, जनसंख्या बाक्लो बसी सक्या

मानिसको अतिक्रमणले, गुनकेशरी  मासी सक्या

दुई शताब्दी युग बित्या, भानु त्यहाँ जन्मेपछि

जलवायु परिवर्तन भया, तिम्ले रम्घा छोडेपछि।

 

८. पर्यावरण मास्ने काम, भाछन् त्यहाँ कस्तो-कस्तो

मानव हामी बुद्धिमानी भइकन, आज किन यस्तो ?

जैविक विविधता सप्पै मासेर, मान्छे बाँच्ने कसरी ?

धिक्कार हो हामी कन बस्नु, धरतीको लागि क्यै नगरि।


प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २२:०३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप साहित्य
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता] आइतबार, साउन ११, २०८२
एक जमानामा हामी पनि थियौं [कविता]
एक जमानामा हामी पनि थियौं [कविता] शनिबार, साउन १०, २०८२
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित
कैलाश  मानसरोवरको  यात्रा  समेटिएको पुस्तक ‘कैलाश कोरा’ प्रकाशित मंगलबार, साउन ६, २०८२
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’
उमेश अकिञ्चनले ल्याए ‘सायद किनाराहरू’ शनिबार, साउन ३, २०८२
देशको माया [गीत]
देशको माया [गीत] आइतबार, असार २९, २०८२
म जोर्डन आउँदिनँ [कविता] 
म जोर्डन आउँदिनँ [कविता]  आइतबार, असार २२, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्