Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • लाइभ दोहोरीमा गीत छोप्दाछोप्दै गाउन थालेँ : रेनुका भट्टराई 
लाइभ दोहोरीमा गीत छोप्दाछोप्दै गाउन थालेँ : रेनुका भट्टराई 
मिलन तमु
मिलन तमु बुधबार, असार १९, २०८१

'घुम्ती घुम्ती रोड', 'म त ठिटी गाउँले'लगायत चर्चित गीतमा स्वर दिने गायिका हुनुहुन्छ, रेनुका भट्टराई । एक दशककै अवधिमा लोकदोहोरी क्षेत्रमा स्थापित गायिका भट्टराई पछिल्लो तीन महिनादेखि बेलायतको सांगीतिक भ्रमणमा रहनुभएको छ । यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएकी भट्टराईसँग गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले 'हिँड्‌दा, हिँड्दै शृंखला'मा गरेको अन्तरंग कुराकानी :

तपाईं यूके कहिले आउनुभएको हो ?
म यूके आएको तीन महिना बितिसक्यो । 

कसको निमन्त्रणामा आउनुभयो ? 
मलाई सिर्जनशील नेपाली समाज लेस्टरले उहाँहरूको कार्यक्रमका लागि निमन्त्रणा गर्नुभएको थियो, अप्रिल ७ मा । एउटा कार्यक्रम सकिइसक्यो । अर्को कार्यक्रम त बाँकी नै छ । 

कस्तो भयो कार्यक्रम ?
राम्रो भयो । म आउने बित्तिकै पहिलो कार्यक्रम थियो । म अप्रिल ७ मा युकेमा ल्यान्ड भएँ । अप्रिल ८ मा त्यता प्रोग्राम थियो । राम्रै भयो ।  

Sanvi jeeler
Maoustail service

अहिले के गरिरहनुभएको छ ? 
अहिले पनि बेलायतका विभिन्न ठाउँहरूमा कार्यक्रम हुँदा खेरी यसैगरी हिँडिरहेकी छु । 

यूके बसाई ठिकै हुँदै छ ?
ठिकै छ । राम्रो छ । 

449336549_1014223663677758_5451712637513058571_n-1720018815.jpg
यूके र नेपाल हुँदाखेरी भिन्नता के पाउनुभएको छ ?
भिन्नता, नेपाल हुँदा खेरी अलि व्यस्त भइन्थ्यो । बेलायतमा पनि व्यस्त नै छु । नेपालमा कहिले स्टेज प्रोग्राम, कहिले लाइभ दोहोरीभन्दा आफ्ना लागि समय हुँदैनथ्यो । यहाँ (बेलायत)मा कार्यक्रम सीमित छ । रेस्ट छ । अनि घुमफिरमा व्यस्त छु ।

नेपालमा व्यस्त कलाकार, बेलायतमा आउँदा त छुट्टी मनाउन आएजस्तो हुन्छ रे हो ?
हप्तामा एउटा, दुइटा वा बढीमा तीनवटा । उता नेपालमा हप्तैभरी कार्यक्रम हुने । त्यो कारणले पनि रेस्ट गर्न आएजस्तो हुन्छ । ठिक छ, यो पनि चाहिएको थियो हामीलाई । 

अब तपाईंको व्यक्तिगत चिनारीतर्फ लागौँ, घर कहाँ हो ? 
म जन्मेको अर्घाखाँचीमा । हामी अर्घाखाँची छोडेर बुटवल बसाइँ सरेको १७/१८ वर्ष भइसक्यो । बुवा, आमा बुटवलमै हुनुहुन्छ । 

सांगीतिक क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
गीत, संगीतमा मलाई सानैदेखि रुचि हो । ठूलो भएपछि आधुनिक गीत गाउँछु भनेर क्लासहरू पनि लिने गर्थेँ । म कलेज पढ्नेताका बुटवलमा महोत्सव लागिरहेको हुन्थ्यो । त्यहाँ दोहोरी प्रतियोगिता चलिरहेको हुन्थ्यो । म सानैदेखि दोहोरीको टुक्का हान्न पनि सिपालु थिएँ । दोहोरी प्रतियोगितामा भाग लिएर म प्रथम भएँ । यो आजभन्दा ९ वर्षअगाडिको कुरा । त्यति बेला प्रथम भएँ । १० हजार कमाउनु भनेको मेराका लागि ठूलो कुरा थियो । मेरो प्रस्तुतिबाट खुसी हुनुभएर त्यहाँको उद्योग वाणिज्य संघले पोखरामा लेखनाथ महोत्सवको प्रतियोगितामा पठाएको थियो । त्यहाँ नेपालका विभिन्न जिल्लाबाट खारिएर आएका प्रतिस्पर्धीहरू हुनुहुन्थ्यो । त्यसमा म थर्ड भएँ । ३२/३२ हजार कमाएको थिएँ । ए! पैसा कमाउने त दोहोरी गाएर रहेछ भन्ने भयो । यस्तो गर्दा गर्दै प्रतियोगितामा हिँड्न थालेँ । त्यसरी मेरो सांगीतिक जीवन सुरु भएको हो । 

449275364_1013749573714136_9101925580587913908_n-1720018906.jpg
दोहोरी साँझमा नि काम गर्नुभयो कि ?
पढ्न भनेर काठमाडौँ आएर दोहोरी साँझमा १ महिना जति काम गरेँ । त्यसपछि धेरै काम गर्नु परेन । किनकि म ट्युसन पढाउँथेँ । ट्युसन पढाउँदै आफ्नो सांगीतिक जीवनलाई अगाडि बढाउँदै आएँ । त्यसपछि लाइभ दोहोरीमा गीत छोप्न भनेर जान थालेँ । गीत छोप्दा छोप्दै गाउनै थालेँ । अहिले दोहोरी गाउन युट्युब च्यानलहरूमा माग आइरहेको हुन्छ । 

लाइभ दोहोरी च्यानल थुप्रै खुलेका छन् नेपालमा, कस्तो छ बजार ? 
एकदमै राम्रो चलिरहेको छ लाइभ दोहोरीको बजार । देशमा भन्दा पनि विदेशमा रहनुहुने नेपालीहरूले हाम्रो दोहोरी सुनेर इन्जोय गरिरहनुभएको हुँदो रहेछ । लाइभ दोहोरीलाई पनि एउटा व्यवसायको रूपमा हामीले अगाडि बढाइरहेका छौँ । कहिले आफ्नै र कहिले साथीभाइको युट्युब च्यानलमा गाउने गर्दा व्यस्त भइन्छ । माग लाइभ दोहोरीकै भएर म लाइभ दोहोरीमै बिजी छु ।

भनेपछि खुसी हुनुहुन्छ ?
एकदमै खुसी छु । 

युट्युब च्यानल चलाउनु भएको छ, आम्दानी कत्तिको छ ? 
राम्रो हुन्छ । हप्तामा दुई/तीन वटा इपिसोड राख्ने गर्छौं लाइभ दोहोरीको । जति धेरै राख्यो, त्यति राम्रो हो । जे होस् सन्तोषजनक छ । 

युट्युबबाट मासिक आम्दानी कि चौमासिक ?
मन्थ्ली आउँछ । सिस्टम अनुसार आफ्नो बैंक खातामा आउन कम्तीमा १०० डलर हुनुपर्छ । महिनामा एउटा भिडियो राख्दा पनि सय डलर आउँछ । जति हेर्‍यो, त्यति आउने हो । 

449342464_7727796270639777_5889997159072885111_n-1720018973.jpg
लाइभ दोहोरी भिडियो नेपालका भन्दा पनि विदेशका दर्शकले हेरेमा आम्दानी बढी हुने भन्ने सत्य हो ?
नेपालभन्दा बाहिरी देशबाट हेर्दा इन्कम बढी भएको म आफैँले पनि फिल गरेँ । किनभने म यहाँ (आइसकेपछि) मेरा भिडियोहरू अलि बढी प्ले भइराख्थ्यो । पहिलेभन्दा मेरो इन्कम युट्युबबाट बढेको छ । 

यो सांगीतिक क्षेत्रमा तपाईं आफ्नै खुसीले आउनुभयो कि बाआमाको करकापले ? 
म मेरै खुसीले आएकी हुँ । म सानैदेखि राम्रो पढिरहेकी थिएँ । राम्रै पढ्दापढ्दै गायन पेसातिर छोरी नगइदे देखिन् हुने भन्ने बाबाआमामा थियो । तर मलाई बच्चैदेखि गीतसंगीत मन पर्ने, गायिका बन्ने अठोट लिएको थिएँ । त्यसैले आफ्नै खुसीले आएकी हुँ । बाबाममीले मलाई डाक्टरी पेसातिर लैजाऔँ भन्ने थियो । खेतबारी बेचेरै भए पनि डाक्टर बनाउने बाबाको इच्छा । सुरु सुरुमा मसँग बाबा एकदमै निराश हुनुहुन्थ्यो । तर अहिले एकदमै खुसी हुनुहुन्छ उहाँहरू । सबैको सपोर्ट छ मलाई । 

तपाईंका बजारमा आएका गीतहरू के कस्ता छन् ?
धेरै छन् । मेरै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छु । 'म त ठिटी गाउँले' त्यसको भ्युज मिलियन क्रस छ । 'बत्ती पिलीपिली', 'कुरकुरे बैंस' मेरो आफ्नै गीत हो । सम्झे आँसु झर्छ अस्ति भर्खर रिलिज भएको हो । मलाई चिनाउने गीत घुम्ती घुम्ती रोड पनि हो । सम्झे आँसु झर्छ स्याड गीत हो । यो गीत मलाई मन परेर अडियो मात्र सार्वजनिक गरेकी छु । अब नेपाल गएर भिडियो बनाउँछु । तर मलाई स्याड गीत गाउन सुहाउँदैन । म अलि रमाइला रमाइला गीत गाउने गर्छु । 

अब यूके कति समय बस्नुहुन्छ ? 
तीन महिना बितिसक्यो । अब मसँग दुईदेखि ढाइ महिना बाँकी छ भिसा । तर मन लाग्यो भने जहिले जाँदा पनि भयो । पाएको कुरा युटीलाइज गर्ने ढंगले अब दुई महिना जति अझै बस्छु । 

यत्ति सुन्दरी गायिका, विवाह गर्नुभएको छ कि छैन ?
अहिलेसम्म मैले विवाह गरेको छैन । (हाँसो...)

यतै बस्ने मन त छैन ? 
छैन । मलाई युकेमा चिसो लाग्छ झ्याप्पै । (हाँसो...) किनभने यहाँको वेदर चिसो छ । 

यूके मन परेन तपाईंलाई ?
एकदमै राम्रो । मन पर्‍यो । मलाई चिसो मन पर्छ तर शरीरले सहँदैन । त्यो त लेखा हो, भोलि बस्न पनि सकियो । तर अहिलेचाहिँ बस्दिनँ । (हाँसो...)

कसैको अफर आ छैन ? 
अफर त आइहाल्छ नि ! बिहे नभएको केटी देखेपछि । युकेबाट नि आ छ, अरु ठाउँबाट पनि आ छ । अझै समय भएको छैन । 

कति वर्षपछि विवाह गर्ने सोच हो ? 
अब म धेरैमा या थोरैमा तीन वर्ष बिहे गर्दिनँ । तर विवाह भनेको लेखा हो । नेपाल जाने बित्तिकै झ्याप्पै हुन पनि सक्छ । 

449539177_887580360080799_7626665565771926349_n-1720019025.jpg
नेपाल र बेलायतको अवस्था कस्तो पाउनुभयो ?
नेपाल हुँदा अलि फुर्सदिलो । तर यहाँ बेलायतमा सबै जना बिजी । काम गर्नैपर्‍यो । मान्छे त उही हो । यहाँका बच्चाहरूमा अनुशासन देखेँ मैले । सबै जनाले माया गर्नुहुन्छ, नेपालबाट आएको कलाकार भन्नुहुन्छ । युके सफा छ, नेपालभन्दा कत्ति हो कत्ति यहाँ विकास भएको छ । शिक्षा, स्वास्थ्य राम्रो छ । त्यसलाई हेर्दा कहिलेकाहीँ यतैतिर बिहे गरौँ कि भन्ने हुन्छ । कस्तो राम्रो सिस्टम छ । यहाँ (बेलायत) को १० प्रतिशत मात्रै नेपालमा भइदियो भने राम्रो होला । हुँदै छ पनि । भइदियोस् भन्ने सबैको चाहना छ । हाम्रो देश बेलायतजस्तो कहिले हुने होला भन्छु म बाटोतिर हिँड्दा । सबै कुरा ठिक छ यूकेको । 

बेलायतको बसाइ कहाँ छ, अल्डरसट कतिन्जेल बस्नुहुन्छ ?
म बस्नचाहिँ मिडल्यान्डतिर बस्छु । उता दिदीभिनाजु हुनुहुन्छ । प्रोग्रामहरू हुँदा त आउँछु । ४/५ पटक आइसकेँ अल्डरसट । आउँछ अनि प्रोग्राम सकिसकेपछि फेरि फर्किन्छु । 

अबको कार्यक्रम ? 
यही जुलाई ६ मा अल्डरसटमा, ७ मा पर्वत वेलफेयर सोसाइटीको । स्कटल्यान्डमा ८ तारिखमा छ । त्यस्तै जुलाई १५, २१, २२ मा पनि कार्यक्रम फिक्स भइसकेको छ । त्यतै भेटौँला । 

 नेपाली संघसंस्था र दर्शकहरूलाई केही भन्न चाहनुहुन्छ ? 
मलाई युकेमा आइसकेपछि दर्शकस्रोताहरुले धेरै माया गरिदिनुभएको छ । विशेषतः सिर्जनशील नेपाली समाज लेस्टरका अध्यक्ष पुन्डरीप्रसाद अर्याललगायत सामग्री टिमलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई युकेसम्म ल्याइदिनुभयो । मेरो प्रस्तुतिलाई विभिन्न ठाउँमा राख्ने मौका दिनुभयो । अन्य दर्शकले पनि चिन्न पाउनुभयो । र, मलाई धेरैले कार्यक्रममा बोलाउनुभयो । उहाँहरूप्रति धेरै आभारी छु । अन्तिममा स्टाटस लेखुँला भन्ने छ। अझै यहाँहरू माया, आशीर्वादको खाँचो छ । मैले गल्ती गर्दा औँल्याइदिनुहोला, अह्राइदिनुहोला ।


प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो] 
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो]  आइतबार, जेठ १८, २०८२
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता]
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता] शुक्रबार, वैशाख १९, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्