Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई चयन
नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई चयन
मिलन तमु
मिलन तमु सोमबार, असार ३, २०८१

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके) को अध्यक्षमा मेजर योगेश कोयी राई चयन भएका छन् ।

नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यतामा आइतबार तमु धीं भवन मिचेटमा भएको महासंघको पाँचौं महाधिवेशनले मेजर राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा मेजर योगेश कोयी राई, उपाध्यक्ष विमला राई, महासचिव फामबहादुर दुरा, सचिव इन्द्रजंग दुरा चयन भएका छन् ।

सदस्यहरुमा हाललाई जीत मेन्याङ्बो, विजय लिङ्थेप चयन भएको निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार बाँकी पदाधिकारी र सदस्य पछि थप्ने गरी सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो ।

received_472888915318961-1718606257.jpeg
 

Sanvi jeeler
Maoustail service

अधिवेशन उद्घाटन सत्र, बन्दसत्र र घोषणासभा गरी तीन चरणमा सञ्चालन गरिएको थियो । अधिवेशन प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनाल, अध्यक्ष कर्मा पहाडी शेर्पाले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । त्यसपछि नेपाल राष्ट्रिय गीत र आदिवासी जनजागतिको राष्ट्रिय गान बजाइएको थियो । सँगै अहिलेसम्मका आदिवासी जनजाति आन्दोलनमा क्रममा प्राण आहुति दिनेहरुको सम्झनामा दुई मिनेट मौनधारणा गरिएको थियो । उपाध्यक्ष लीला सेलिङ माबोले स्वागत मन्तव्य राखेको कार्यक्रम महासचिव विमला सेनेले सञ्चालन गरेकी थिइन् । त्यसपश्चात्'नेफिन युकेको डेढ दशक' स्मारिका विमोचन गरिएको थियो । स्मारिकामा नेफिन स्थापनाको १५ वर्षमा भएका गतिविधि साथै आबद्ध जातीय संस्थाको परिचय समेटिएको छ । यो स्मारिका पहिलो संस्करण हो । त्यसपछि कार्यक्रममा आमन्त्रित विभिन्न संघ र संस्थाका अध्यक्ष, प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

received_833360508235511-1718606309.jpeg
 

महाधिवेशनमा गोर्खा आन्दोलनका अभियन्ता ज्ञानराज राई, नेफिन युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्वअध्यक्ष जंग सुनुवार, तमु धीं युके अध्यक्ष हरि गुरूङ, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर, निवर्तमान अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष नेत्रकला युमा लिम्बु,किरात राई यायोक्खा नेपाल धनकुटाका अध्यक्ष उद्धव राईलगायत महासंघ आबद्ध जातीय संघ संस्थाका प्रमुख, प्रतिनिधि, बेलायतमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरु, नेफिन युकेका सल्लाहकार तथा प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङलगायतको बाक्लो उपस्थिति थियो ।

उद्घाटनसत्र सकिए लगत्तै बन्दसत्र भएको थियो । त्यसक्रममा विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो । त्यसपछि प्रमुख निर्वाचन आयुक्त एकेन्द्र गुरुङले सबैलाई धन्यवाद दिएर नयाँ कार्यसमिति घोषणा गरेका थिए । नवनिर्वाचित कार्यमितिलाई आइतबार नै प्रमाणपत्र दिने र पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

received_1100950737636319-1718606250.jpeg
 

नवनिर्वाचित अध्यक्ष मेजर योगेश राईले आफूलाई छनोट गरेकोमा धन्यवाद दिँदै इमानदारिताका साथ जिम्मेवारी निभाएर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले आफ्नो कार्यकालमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए भने नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सहयोग रहने वचनबद्धता गर्दै बधाई ज्ञापन गरे ।

received_7444710488971924-1718606383.jpeg

नयाँ कार्यसमिति सहमतिको आधारमा छनोट गरी निर्वाचन सफल पारेकोमा प्रमुख आयुक्त एकेन्द्र गुरुङ, सदस्यहरुलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । निर्वाचन समिति सदस्यमा निवर्तमान अध्यक्षहरू ले. श्रीप्रसाद लिम्बू, जंग सुनुवार, सल्लाहकारहरू विश्वासदीप तिगेला र दुत पुन थिए । महाधिवेशनमा तमु धीं युकेको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।

received_1650238615749950-1718606461.jpeg
 

received_7950342241698687-1718606474.jpeg
received_1200012764494603-1718606647.jpeg
 

 

 

 

 

 

 

 

 


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा 
बेलायत आइपुगिन् नेपाल पत्रकार महासंघ अध्यक्ष शर्मा  शनिबार, साउन १७, २०८२
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल
तमुधीं यूके र नेपाली दूतावासबीच अगस्ट २४ मा हुने 'नेपाली मेला यूके'बारे छलफल शनिबार, साउन १७, २०८२
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत
तमु समाज यूकेका संस्थापक अध्यक्षलाई गुरुङ सोसाइटी अफ न्यु ह्याम्सायरमा स्वागत शुक्रबार, साउन १६, २०८२
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा
सिक्लेस पार्चे समाज यूकेको समर भेटघाट तथा बीबीक्यू १६ अगस्टमा शुक्रबार, साउन १६, २०८२
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा
बेलायतमा 'दोस्रो एनआरएनए कप तथा फेस्टीभल-२०२५' सेप्टेम्बर १३ मा शुक्रबार, साउन १६, २०८२
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने
सर्दिखोला समाज यूकेको १६औं वार्षिक भेटघाट-२०२५ अगस्ट २ मा हुने बिहीबार, साउन १५, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्