Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • 'कवि कफी' सपको उद्देश्य कविलाई विश्वमा ब्रान्ड बनाउने योजना हो : काउन्सिलर सार्की [अन्तर्वार्ता ]
'कवि कफी' सपको उद्देश्य कविलाई विश्वमा ब्रान्ड बनाउने योजना हो : काउन्सिलर सार्की [अन्तर्वार्ता ]
मिलन तमु
मिलन तमु सोमबार, जेठ २८, २०८१

नेपाली व्यवसायीहरुले इंग्ल्यान्डको राजधानी विन्चेस्टर सिटीमा ‘कवि कफी’ सप सञ्चालनमा ल्याउनुभएको छ । रसमूर बोरो काउन्सिलका काउन्सिलर तथा बेलायतका लागि नेपाल पर्यटन प्रवर्द्धक धनबहादुर सार्की र १८ वर्षको अनुभव भएका विश्व नम्बर ४ लाट्टे च्याम्पियन धन तामाङले विनचेस्टरको मुटुमा कवि कफी सप सञ्चालनमा ल्याउनुभएको हो ।

नयाँ कवि कफी सप २४ मे २०२४ मा विनचेस्टर सिटी काउन्सिलका मेयर काउन्सिलर रसेल गोर्डन स्मिथले एक समारोहबीच उद्घाटन गर्नुभयो । करिब ५ लाख पाउन्डको लगानीमा स्थापना गरिएको कवि कफी सपमा एकै चरणमा १ सय ५० जना ग्राहकले सेवा दिन सक्ने सञ्चालकको भनाइ छ । कविको नामलाई विश्वमाझ चिनाउनका लागि कफी सपको नाम ‘कवि कफी’ राखिएको हो ।

तीन तले भवनमा खोलिएको कफी सप फराकिलो रहेको छ । सञ्चालक काउन्सिलर तथा भूतपूर्व गोर्खा धनबहादुर सार्कीसँग नयाँ व्यवसाय कवि कफी सपको सेरोफेरोमा गोर्खा मिडियाका मिलन तमुले गर्नुभएको कुराकानीको सारसंक्षेप :

भर्खरै 'कवि कफी' नयाँ व्यवसाय सुरु गर्नुभएको छ, यो क्षणको खुसी कसरी साट्नुहुन्छ ?

Sanvi jeeler
Maoustail service

व्यवसाय सुरु गरिसकेपछि हाम्रा ग्राहकलाई कतिसम्म रिझाउन सकिन्छ । कत्तिको सन्तुष्ट बनाउन सकिन्छ । उहाँहरु खुसी हुनु भएमा नै मैले खुसी लिने हो । आजबाट व्यवसाय सुरु भएको छ । कस्टोमरहरु आउनुभएको छ । भीड छ । एकदमै खुसी लागिरहेको छ ।

'कवि कफी' को नयाँ विशेषता के-के छन्, बताइदिनुहोस् न ?

एउटा क्याफे, रेस्टुरेन्ट खोलेरमात्र बस्ने हाम्रो उद्देश्य होइन । कवि भनेको के हो ? ब्रान्डको काम गर्दैछौं । म सँगै धन तामाङ हुनुहुन्छ । उहाँ युकेको कफी वारिस्ट नेसनल च्याम्पियन हुनुहुन्छ । छ पटक नेसनल च्याम्पियन बन्नुभयो । सँगै विश्वस्तरका फाइनलिस्ट पनि हुनुहुन्छ । चारौं नम्बरमा पुग्नुभएको थियो । विनचेस्टरमा क्याफेमा सबैका लागि स्वागत गर्छौं । कवि फफीको पछाडिपट्टि खुला किचनको रेस्टुरेन्ट छ । त्यहाँ पनि कविले वेलकम गर्छ । जहाँ अर्डर गरेर खाना खान सक्नुहुन्छ । र, केही महिनाभित्रमा पहिलो तलामा वारिस्ट ट्रेनिङ दिने योजना बनाइरहेका छौं । धन तामाङ नै प्रशिक्षक हुनुहुन्छ । कफी नेपालमा पनि स्थापना गर्न हामीले कम्पनी दर्ता गरिसकेका छौं । कफी उमार्न फार्महरु खोल्ने काम हुँदैछ । कविको विचार नेपालमा कफी उमार्ने र युकेमा ल्याएर क्याफेमार्फत बेच्ने । साथै युकेभरि नै नेपालको कफी बिक्री वितरण गर्ने योजना छ ।

क्याफेको 'कवि' राख्नुको कारण चाहिँ के हो ?

कवि नाम राख्नेबारे धन तामाङजीको क्रियसन हो । नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रसिद्ध हुनुहुन्थ्यो । उहाँलाई पछ्याएजस्तै हो हामीले । जुन किसिमले लक्ष्मीप्रसाद देवकोटाले कविता सिर्जना गरेर महाकवि पदवी पाउनुभयो । त्यसरी नै विश्वमा 'कवि'ले विश्वमा नाम कमाउनका लागि, ब्रान्ड बनाउनका लागि नेपालको कवि भन्ने शब्दलाई लिएर हामी अगाडि बढिरहेका छौं ।

received_982947556456705-1718002742.jpeg
 

कफी सपहरु थुप्रै छन्, यो कवि सपको फरकपन के के छन् ?

अन्य कफी सपहरु बाहिरी नक्कल गरेर खोलिएका हुन् । हाम्रो कवि सप आफ्नो ब्रान्ड हो । धन तामाङ आफै ब्रान्ड हुनुहुन्छ । हामीले अरु फ्रेन्चाइज किन्नु परेन । आफैंले ग्रो गर्ने भयौं । हामी आफैंले नै क्रियसन गरेर ग्राहकलाई अफर गर्न सक्ने भयौं ।

यो कवि सप विन्चेस्टरमै खोल्नुको मुख्य कारण के हो ? विन्चेस्टर एकदमै प्रतिस्पर्धी सहर हो । इंग्ल्यान्डको राजधानी नै विन्चेस्टर हो । यसलाई मिनी लन्डन भने हुन्छ । हामीलाई लन्डन पनि जान मन छ । धन तामाङले यहाँ विन्चेस्टरमा बिजनेस गर्नुभएको धेरै वर्ष भयो । उहाँ सानो उमेरदेखि नै विन्चेस्टरमा ग्रो हुनुभएको हो । उहाँको विन्चेस्टरमा पहिले नै १०/१२ वटा क्याफे थियो । अझै पनि ४/५ वटा छन् । त्यसलाई बाईबाई गरेर म सँगसँगै गरौं भन्नु भएर प्रस्ताव गर्नुभयो । म पनि एग्री भएर कविलाई विन्चेस्टरमा खोल्ने निर्णय भएको हो ।

कवि सपमा लगानीकर्ता को को हुनुहुन्छ ?

धन तामाङ र म धनबहादुर सार्की मात्रै छौं यसमा लगानीकर्ता । पछि सेयर सदस्यहरु थप्नु हुन्छ कि ? यही कविभित्र सेयर सदस्य थप्दैनौं होला । लगभग ४/५ वटा शाखा खोल्दासम्म सेयर बिक्री गर्दैनौं । विन्चेस्टरको पहिलो हो । अन्य शाखा पनि छिट्टै खोल्दैछौं ।

यो व्यवसाय फैलाउन कस्ता-कस्ता योजना बनाउनुभएको छ ?

बार्सिलोनाका फुटबल खेलाडीहरु पनि हामीसँग जोडिन आउनुभएको छ । उहाँहरुबाट मिलेर बिसनेज गर्छौं भनेर अफरहरु आउन थालेको छ । बार्सिलोनामै खोलौं भन्ने कुरा पनि भइरहेको छ । सेन्ट्रल लन्डनतिर पनि खोलौं भन्ने कुराकानी भइरहेको छ । ओपनिङमा नेपाली र यहाँका बेलायती स्थानीयको भेला भयो । अंग्रेजी र नेपाली सञ्चारमाध्यम पनि आएका छन् । जसले विस्तारै विस्तारै विज्ञापन हुँदै जानेछ ।

दैनिक, साप्ताहिक र महिनामा कत्तिको आम्दानी हुने अपेक्षा छ ?

सातामा कम्तीमा २० हजारदेखि २५ हजार पाउन्ड र महिनामा हन्ड्रेड थाउजेन्डस्‌को आशा गरेका छौं । सुरुआती चरणमा कति कर्मचारी राख्नु भएको छ ? हामीले अहिले १८ जना कर्मचारी राखेका छौं । म्यानेजर, जनरल म्यानेजर, सेफलगायत छन् ।

भावी योजनाहरु के छन् ? हामीले सेन्ट्रल लन्डनमा शाखा खोल्ने योजना बनाइरहेका छौं । यो वर्षको लक्ष्य विन्चेस्टर, स्पेन, नेपाल र लन्डनमा खोल्ने हो । विन्चेस्टरपछि अब स्पेन वा नेपाल कुनमा पहिले हुन्छ, छलफल भइरहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

विन्चेस्टरमा हामीले कवि कफी खोलेका छौं । हजुरहरुलाई स्वागत गर्न पाऔं । कार पार्क पनि नजिकै छ । आइदिनु होला । हेरिदिनु होला । कमेन्ट गरिदिनु होला । फुड र ड्रिङ्कलाई हामीले करेक्सन गर्न पाऔं ।


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो] 
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो]  आइतबार, जेठ १८, २०८२
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता]
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता] शुक्रबार, वैशाख १९, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्