फार्नबोरो। पन्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अध्यक्ष देउकाजी गुरुङको संयोजकत्वमा फार्नबोरोस्थित स्यमुल कोडी स्कूल हलमा गत शनिबार भव्यताकासाथ सम्पन्न भएको हो ।
उक्त अवसरमा चार गाउँ र चेलीबेटी गरी करिब ३५० जनाको सहभागिता रहेको थियो । अध्यक्ष गुरुङ वयोवृद्ध जसबहादुर गुरुङ र प्रमुख सल्लाहकार डमरकाजी गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रयोजकहरू पनि उल्लेख्य थिए । समाजका ३७ जनाले ४ हजार २०७ पाउन्ड प्रायोजन गरेका थिए। प्यालेस रेस्टुरेन्टले आधा तोला सुन राफलको पहिलो पुरस्कारका लागि स्पोन्सर गरेका थिए। राफलमा क्रमशः २५० र १५० पाउन्ड नगद पुरस्कार राखिएको थियो।
राफल टिकट बेच्नमा खटिएका गौतम गुरुङ र चिजा गुरुङकानुसार पाउन्ड १ हजार १४० बराबरको बिक्री भएको थियो ।
अध्यक्ष गुरुङले कार्यसमिति, सल्लाहकार र पाहुनाहरू सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे। कार्यसमितिको साथ सहयोगबाट समाज ठिक ढंगले चलिरहेको र आफन्तजन पनि निम्तो स्विकारेर उपस्थिति जनाइदिएकाले समाजको शिर उच्च भएको बताए।
उच्च शिक्षा हासिल गरेकाहरूलाई अध्यक्ष र उनकी श्रीमती रीलशोभा गुरुङले फूलको गुच्चा र खादा दिएर सम्मान गरेका थिए ।
सम्मानित हुनेमा रोशनी गुरुङ किङ्स कलेज लन्डनबाट नर्सिङमा स्नातक, सन्ध्या गुरुङ गोल्डस्मिथ युनिभर्सिटीबाट फाइन आर्टमा स्नातक, रीतु गुरुङ मिडलसेक्स युनिभर्सिटीबाट फाइन आर्टमा स्नातक, अमीसा गुरुङ किङ्स कलेज लन्डनबाट बायो केमेष्ट्रीमा स्नातक, ज्योती गुरुङ सरी युनिभर्सिटीबाट अडल्ट नर्सिङमा स्नातक र डा. लाजु गुरुङ लेष्टर युनिभर्सिटीबाट मेडिसनमा डिग्री सम्मानित भए ।
यस्तै, सेनामा पदोन्नति भएका कलरसार्जेन्ट नवीन गुरुङ र श्रीमती, सार्जेन्ट सुवास गुरुङ र श्रीमती, नयाँ विवाहित जोडी दिपु गुरुङ र श्रीया गुरुङलाई बधाई ज्ञापन गरियो। नयाँ सदस्य बनेका ७ जनालाई स्वागत र ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सुस्वास्थ्यको कामना गर्दै खाता लगाएर अध्यक्ष र श्रीमतीले सम्मान गरे ।
नेपालबाट आएकी गायिका उषा गुरुङले कार्यक्रमभर नै गीत गाउँदै सबैलाई नचाएकी थिइन् । उनका लागि संकलन भएको ८१५ पाउन्ड हातमा दिँदै अध्यक्षले खुशी व्यक्त गरे र युके बसाईका लागि शुभकामाना पनि दिए ।
सो अवसरमा ऋतु गुरुङ, निर्मला घले, सुबी क्षेत्री, अमीसा गुरुङ, रीया गुरुङ र खुशीमान गुरुङले स्टेजमा मनमोहक नाचहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रम सफल बनाउन कृष्ण घले, याम गुरुङ, राजेन्द्र गुरुङ, रवि गुरुङ, हुमानसिङ गुरुङ, डम्बर घले, दिलबहादुर गुरुङ, सुन्दर गुरुङ, किरण गुरुङ, तेजु गुरुङ, रुद्रकाजी गुरुङ, नवीन गुरुङ र जगन गुरुङ खटिएका थिए।
मनोरञ्जनको विभाग खुशीमान गुरुङ र दिल गुरुङले निभाएका थिए । राफल ड्र खुशीमान गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रम सञ्चालन प्रकाश गुरुङ र बिनीता मल्ल गुरुङले गरेका थिए।