Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • दुई दशक लामो इतिहास बोकेको गोर्खा कप: यस्तो रह्यो २२औँ संस्करण
दुई दशक लामो इतिहास बोकेको गोर्खा कप: यस्तो रह्यो २२औँ संस्करण
मिलन तमु
मिलन तमु बुधबार, जेठ १६, २०८१

लन्डन । बेलायतमा नेपाली समुदायका विभिन्न सघसंस्था क्रियाशील छन् । ती संस्थाले नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न विभिन्न खालका कार्यक्रम गर्दै आएका छन् । मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएका छन् । 

यसले पेसा, व्यवसाय, अध्ययनका सिलसिलामा आफ्नो जन्मभूमिबाट टाढा रहेकाहरूलाई भेटघाट तथा दुःखसुख साटासाटको अवसर मिलेको छ । त्यसमध्ये सबैभन्दा चर्चित कार्यक्रम हो, गोर्खा कप फुटबल प्रतियोगिता । तमु धीं युकेले आयोजना गर्ने यस प्रतियोगिताले दुई दशकभन्दा लामो इतिहास बोकिसकेको छ । उक्त गोर्खा कपको २२औँ संस्कण गत मे २६ मा सम्पन्न भएको छ । विगतजस्तै भव्य र उल्लासमय बनेर । 

446990210_839749748189250_3524415467424424694_n-1716992593.jpg
विगत जस्तै यस वर्ष पनि गोर्खा कप भव्य रूपमा सम्पन्न भएको आयोजक तमु धीं युकेका अध्यक्ष हरि गुरुङले बताए । अल्डरसटस्थित क्वीन्स एभिन्यु मैदानमा भएको प्रतियोगितामा मेन र भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब तथा महिलातर्फ रनडरबोल्ट एफसी विजेता बने । यसैगरी, क्रमशः वाटरमेलन एफसी, धरान ११ र म खेल्छु एफसी उपविजेता भए । मेनतर्फ ३२, भेट्रानतर्फ १६ र महिलातर्फ २ टिमको सहभागिता थियो । 

राहुल लिम्बू मेनतर्फको सर्वाधिक गोलकर्ता भए । कल हेच म्यान अफ द म्याच चुनिए । उत्कृष्ट व्यवस्थापकको उपाधि वाटरमेलनका सन्देश गुरुङले जिते । ४० वर्षभन्दा माथिका खेलाडीले प्रतिस्पर्धा गरेको भेट्रानतर्फ धरान ११ का दुर्गा लिम्बू सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी ब्रिगेड ब्वाइजका जगत गुरुङ र उत्कृष्ट व्यवस्थापक ब्रिगेड ब्वाइजका खोम गुरुङ भए । 

Sanvi jeeler
Maoustail service

महिलातर्फ म खेल्छुकी एम्मा म्यारी मच वेस्ट प्लेयर भइन् । झन्डै १४ हजार दर्शकको उपस्थितिमा प्रतियोगिता भएको थियो । यसलाई बेलायतमा नेपाली समुदायले आयोजना गर्ने सबैभन्दा ठूलो र चर्चित प्रतियोगिताका रूपमा लिइन्छ ।

445034528_838803081617250_7948860469164355760_n-1716992622.jpg
विजेता, उपविजेता, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र व्यवस्थापकलाई प्रमुख अतिथि रसमोर काउन्सिलका मेयर मारा माकुनुरा, विशेष अतिथि नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, बेलायतका रक्षा राज्यमन्त्री लियो डोकोर्टी, ब्रिगेड अफ गोर्खाजका कर्णेल, अल्डरसटस्थित क्यूओजीएलआरका गोर्खा मेजर, तमु धीं युकेका अध्यक्ष हरि गुरुङ र पुरस्कारका स्पोन्सरले चेक, ट्रफी र प्रमाणपत्र प्रदान गरे । 

प्रतियोगितामा स्कटल्यान्ड, नर्दन आयरल्यान्ड, वेल्स, नेदरल्यान्डबाटसमेत टिम र दर्शक सहभागी भएका थिए । कार्यक्रमस्थलमा नेपाली मौलिक खाना तथा नेपाली पहिचान झल्काउने स्टलसमेत राखिएको थियो । उक्त स्टलमा पनि अवलोकनकर्ताको भिड लागेको थियो । 

447004374_839750288189196_4642640774730066725_n-1716992664.jpg
प्रमुख अतिथि तथा रसमोर काउन्सिलका मेयर, नेपाली दूतावासका उपनियोग प्रमुख र बेलायतका रक्षा राज्यमन्त्रीले शुभकामना मन्तव्य राखेका थिए । तमु धीं युकेका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव डा. विशाल गुरुङले सञ्चालन गरे । खेलकुद सचिव क्याप्टेन दीपकराज घलेले तमु धींले गोर्खा कपमार्फत गरिरहेको परोपकारी कार्यबारे जानकारी गराए । 

गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भएका थिए । नेपालबाट आएका तथा स्थानीय सयपत्रीलगायत सांस्कृतिक समूहका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरे । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइएका थिए । अन्त्यमा तमु धीं युकेका अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । 

तमु धीं युकेले २२ वर्षदेखि बेलायतमा गोर्खा कप फुटबल प्रतियोगिता गर्दै आएको छ । आयोजकका अनुसार यस वर्ष पनि विभिन्न व्यक्ति तथा संस्थाले पुरस्कारहरू प्रायोजन गरेका थिए । मेनतर्फको विजेतालाई रिया मनी ट्रान्सफरले ३ हजार पाउन्ड, उपविजेतालाई एचटीआर कियर एन्ड रिक्रुटमेन्ट लिमिटेडका प्रोपाईटर टंक भट्टराईले प्रायोजन गरेका थिए । उनको कम्पनीले प्रतियोगितास्थलमा हेल्थ क्याम्प पनि सञ्चालन गरेका थिए ।

445066885_838804148283810_4147364673680152198_n-1716992701.jpg
भेट्रानतर्फको विजेतालाई प्रदान गरिएको १५ सय पाउन्ड नेपब्रिज सर्भिस लिमिटेडका सोम घलेसहित निर्देशकहरूले प्रायोजन गरेका थिए । उपविजेतालाई प्रदान गरिएको १ हजार पाउन्ड गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष हितकाजी गुरुङले प्रायोजन गरे । 

यसैगरी, महिलातर्फ विजेताको पुरस्कार लक्की ज्वेलर्सका मेजर योगेश राईले उपलब्ध गराए । उक्त पुरस्कार राशि ६०० पाउन्ड रहेको थियो । उपविजेतालाई प्रदान गरिएको ४०० पाउन्डका प्रायोजक पूर्वगण्डकी बोर्डिङ स्कुल टिम (ईजीबीओएसए) का अध्यक्ष डा. कमल अर्याल थिए ।  

मेनतर्फ उत्कृष्ट खेलाडीलाई पुरस्कारका लागि समाजसेवी तथा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र भेट्ररानतर्फ उत्कृष्ट खेलाडीलाई माया सपोर्टेड लिभिङका निर्देशक राज पाण्डेले प्रायोजन गरे । यस्तै, स्काई पे मनी ट्रान्सफर रेडिङका कृष्ण गुरुङ र करम गुरुङले डान्सरलाई ५०० पाउन्ड दिए । 

447009865_839749811522577_1744672432391866046_n-1716992754.jpg
यस्तै, प्रवेश टिकटतर्फ १७ हजार थान रिया मनी ट्रान्सफर र कारपार्क टिकट ६ हजार थान सहारा युके र नेपब्रिज सर्भिस लिमिटेडले प्रायोजन गरेका थिए ।


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका शुक्रबार, साउन १६, २०८२
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्