Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • बेलायतमा जहाँ गए नि समातेर गालामा मोइ खाइदिहाल्नुहुन्छ : मनमाया [अन्तर्वार्ता]
बेलायतमा जहाँ गए नि समातेर गालामा मोइ खाइदिहाल्नुहुन्छ : मनमाया [अन्तर्वार्ता]
मिलन तमु
मिलन तमु शुक्रबार, वैशाख १४, २०८१
तस्बिर : गोर्खा मिडिया

लाइभ दोहोरी गायनमा चर्चित गायिका मनमाया वाइबा यतिबेला बेलायतको सांगीतिक भ्रमणमा छिन् । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेको निमन्त्रणमा १२ अप्रिल २०२४ मा बेलायत आइपुगेकी हुन् मनमाया । उनको यो दोस्रो बेलायत भ्रमण हो । गत वर्ष तातो सिजन जुलाईमा मनमाया धादिङ नुवाकोट समाज युकेको कार्यक्रमका लागि आएकी थिइन् । छोटो समय बसाइपछि फर्किएकी गायिका उनी यसमा केही महिना बस्ने तयारीमा छिन् । लोक तथा दोहोरी गायनबाट आफूलाई स्थापित गर्न सफल गायिका मनमाया वाइबासँग गोर्खा मिडियाको 'हिँड्दा हिँड्दै' कार्यक्रममा मिलन तमुले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश :  

कस्तो हुँदै छ बेलायत बसाइ ? 
 जीआरएनसीको कार्यक्रमका लागि आएको हुँ । राम्रो भइरहेको छ ।
 
कता-कता कार्यक्रम हुँदैछ ?
आउँदो शनिबार ब्रेकन वेल्समा जाँदैछु । अगस्टसम्मका कार्यक्रम बुकिङ भइसकेकी छु । आएको १०/१२ दिनमा ४/५ वटा कार्यक्रम भइसक्यो मेरो । विस्तारै कार्यक्रमहरु बुकिङ भइराखेको छ । जे होस् राम्रै हुँदैछ । 

पहिलो पटक बेलायत आउँदा तपाईं छोटो समय बस्नुभयो । अहिले अलि लामो समय बस्नुहुन्छ होला नि ?
पहिला मेरो एक महिनाको भिसा थियो । एक हप्ता ढिला गरेर आएँ । २० दिनको दिनमै म नेपालै पुगेकी थिएँ । एकदम धपेडी भएको थियो । त्यतिबेला दिनमा दुई/तीनवटा कार्यक्रम गर्नु परेउ । नेपालबाट जुन लुगा लगाएर आएँ त्यहीबाट कार्यक्रममा प्रस्तुति दिँदै हिँडेँ । सपिङ गर्न पनि भ्याइएको थिएन । अहिले कार्यक्रम गर्दै आराम गर्न मिलेको छ । यस पटक अलि लामो समय बस्छु बेलायतमा । छ महिनाको भिसा छ । 

अर्को चोटी भनेको कहिले हो कहिले ? नेपालमा बर्खा पनि लाइसक्यो । यहाँ (बेलायत) मा रमाइलो पनि हुन्छ के ! पहिले म जुलाईमा आएको थियो । न्यानो थियो । यसपालि एकदम जाडो भयो मलाई । अलि छिटो आएछु । अघिल्लो वर्ष आउँदा मनमाया वाइबालाई भेट्नै पाइएन । कति छिटो गएको भन्ने मेरो फ्यानहरुलाई । मलाई माया गर्नुहुने आफन्त, इष्टमित्रहरु सबैलाई सकेसम्म भेटेर, नाचेर, गीत गाइदिएर, नचाइदिएर जाने कोसिस गर्नेछु ।

Sanvi jeeler
Maoustail service

बेलायतमा रहँदाको अनुभव ? 
नेपालमै छु जस्तो लागि रहन्छ । अल्डरसटमा बाटोमा भेट्दा 'ओइ मनमाया यता आइजो त' भन्नुहुन्छ । जहाँ गए नि आमाहरुले समातेर गालामा मोइ खाइहाल्नु हुन्छ । हिजो टुलिफाममा बहिनी (निर्जला गुरुङ) हामी घुम्दै जाँदा धेरै जनाले मनमाया र निर्जला आएका रहेछन् 'हेर्न ओइ हेर्न' भन्दै उहाँहरुले फोटो खिच्नु भयो । तपाईं मनमाया वाइबा होइन ? भन्नुहुँदा एकदम खुसी लाग्यो । एकजना आमाले सधैं गीत हेर्थें आज यहाँ नै भेट्न पाइयो । 'मेरो छोरीलाई महारानी बनाइदिन्छु भनेर टाउकोमा पैसा राखिदिनुभयो ।' तर कस्तो, उहाँको नाम नै सोध्न बिर्सिएछु हतारहतारमा । फोटो पनि खिच्न पाइएन । 

नेपालमा यस्तो माया पाउनुहुन्छ तपाईंले ? 
जहाँ गए पनि माया पाउँछु दाइ । त्यस्तै छ । गाउँतिर जाँदा 'ओहो मनमाया आयो । हामीले टीभीमा मात्रै हेर्थ्यौं इन्द्रेणीकी मनमाया । आज घरमै आयौ ।' इन्द्रेणीको टिम नै जान्छौं, हामी सबैलाई चिन्नुहुन्छ उहाँहरुले । अनि फलानो कलाकारसँग तिम्ले यसरी गीत गाएकी थियौ भनेर गाला मसारेको मसारेकै गरिदिनुहुन्छ । म क्रिम लगाएर गएको हुन्छ । आमाहरुले मसार्दा मसार्दा कालो, गोरो हुन्छ गालै । यति टाढा विदेशमा आएर पनि माया पाउनु भनेको एकदमै ठूलो सम्पत्ति कमाएछु भन्ने लाग्छ । एकदमै खुसी लाग्छ । 

Manmaya-1-1714112552.jpg
 

युके यात्रापछिको के योजना छ ?
अरु योजना त हुन्न । अलि दिन युकेमा बस्छु । त्यसपछि नेपाल गएर गीत, संगीतलाई नै निरन्तरता दिने हो । मलाई इन्द्रेणीमा कता गयो मनमाया भनिराख्नु भा'छ  । मनमाया खोजीराख्ने इन्द्रेणीका दर्शकहरुको अगाडि फेरि जान्छु । युके आउनुभन्दा अगाडि एउटा लोकगीत र अर्को तामाङ सेलो रेकर्ड गरेको थिएँ । सुटिङ गर्न भ्याएको थिएन । अब नेपाल गएर ती गीतहरुको सुटिङ गर्छु । नयाँ गीतहरु गर्नुछ । जहिलेसम्म गीत गाउन सक्छु । जहिलेसम्म दर्शक भगवान्‌हरुले माया गर्नुहुन्छ त्यो बेलासम्म उहाँहरुसँग गाउने र रमाउने नै हो, इच्छा । 

युकेमै नयाँ गीत गर्न कतैबाट प्रस्ताव आएको छ कि ?
प्रस्ताव त आइसकेको छैन । आयो भने म त्यो मौका गुमाउँदिन । म गाउँछु । यहाँ युकेमा पनि राम्रा-राम्रा कलाकारहरु हुनुहुन्छ । उहाँहरुले अवसर दिनुभयो भने म त्यो अवसर गुमाउँदिन । मेरो आफ्नै चाहिँ नेपालमा गएर मात्रै गर्छु । 

अन्तिममा केही भन्नुहुन्छ ? 
पहिलेदेखि नि मिलन दाइले मलाई सहयोग गर्दै आउनुभएको छ, त्यसका लागि गोर्खा मिडिया र यहाँलाई धेरै धन्यवाद । सम्झनु पर्छ, मलाई पहिलोचोटी युके टेकाइदिनु हुने धादिङ नुवाकोट समाज युकेका अध्यक्ष धन पाख्रिन तामाङसहित सिंगो टिमलाई । फेरि पनि ग्रेटर रसमुर नेपाली कम्युनिटीलाई धेरै धेरे धन्यवाद । अध्यक्ष आदरणीय मान गुरुङ, उपाध्यक्ष उत्तरबहादुर गुरुङ, त्यसैगरी दिनेश दाइ, मिलन दाइ, गोर्खा किचनका प्रोपाइटर भीम गुरुङ दाइलाई धेरै सम्मान व्यक्त गर्न चाहन्छु । यहाँ रहँदा, बस्दा धेरै माया गर्नुभएको छ, फडकजीत गुरुङ दाइ, टीका भाउजु र उहाँको परिवारसहित मलाई माया र साथ दिनुहुने सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु ।   
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप अन्तर्वार्ता
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
डिसेम्बरसम्ममा गोर्खाज्‌को फाइनान्सियल इस्यु टुंग्याऔं भनेका छौं : मेजर गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शनिबार, साउन ३, २०८२
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित]
व्यक्तिगत खर्चमा आफ्नो र नेपालको नाम राख्न काम गरिरहेकी छु : सरिना घले [अन्तर्वार्ता भिडियोसहित] मंगलबार, असार ३, २०८२
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
म बेलायत पनि सांगीतिक क्षेत्रबाटै आएकी हुँ : गायिका प्रिया गुरुङ [अन्तर्वार्ता भिडियोसहित] सोमबार, जेठ २६, २०८२
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित]
२३ औं गोर्खा कप सोचेभन्दा राम्रो भयो : तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङ [अन्तर्वार्ता भिडियोसहित] शुक्रबार, जेठ २३, २०८२
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो] 
नृत्यमा भाइरलभन्दा लोकप्रिय बन्ने कोसिस गर्नुहोस् : रीना थापामगर [अन्तर्वार्ता-भिडियो]  आइतबार, जेठ १८, २०८२
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता]
गोर्खा कपलाई अझै राम्रो बनाउन दुःख गरिरहेका छौँ: क्या. दीपक घले [अन्तर्वार्ता] शुक्रबार, वैशाख १९, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्