Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • युके च्याम्पियनसिपमा क्वालिफाई हुने पहिलो नेपाली महिला बनिन् मन्दा
युके च्याम्पियनसिपमा क्वालिफाई हुने पहिलो नेपाली महिला बनिन् मन्दा
मिलन तमु
मिलन तमु मंगलबार, वैशाख ११, २०८१

लन्डन। धावक मन्दा गुरुङ युके च्याम्पियनसिपमा क्वालिफाई हुने पहिलो नेपाली महिला बनेकी छन्। हालै सम्पन्न लन्डन म्याराथन ३ घण्टा ५ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उनी आगामी वर्ष हुने युके च्याम्पियनसिपमा छनौट भएकी हुन् ।

म्याराथनमा मन्दा र उनका श्रीमान् प्रकाश गुरुङ दुवैले सहभागिता जनाएका थिए । प्रकाश पनि च्याम्पियनसिपका लागि छनौट भए । उनले दौड २ घण्टा ३९ मिनेटमा पूरा गरेका थिए । यससँगै उनीहरू युके च्याम्पियनसिपमा छानिने पहिलो जोडीसमेत बनेका छन् । 

लन्डन म्याराथन ३ घण्टा १४ मिनेटमा पूरा गर्ने धावक च्याम्पियनसिपमा क्वालिफाई हुने नियम रहेको मन्दाले बताइन् । आफ्नो एउटा लक्ष्य र सपना पूरा भएको उनको भनाइ छ। ‘मेरो लक्ष्य ३ घण्टा १० मिनेटमा छिर्ने थियो। तर त्योभन्दा अघि नै पूरा गरेँ,’ उनले गोर्खा मिडियासँग भनिन्, ‘हामी श्रीमान् श्रीमती नै धेरै खुसी छौँ। जीवनमा अरू धेरै गर्न बाँकी छ, रनिङ फिल्डमा।’

manda-gurung-11-1713888344.jpg
बेलायतको फक्सटनमा बस्दै आएकी मन्दा पेसाले फुलटाइमर डेन्टल नर्स हुन् । पहिले बडिबिल्डर रहेका प्रकाश भने अहिले दौड फिल्डमा नै छन् । आफ्नो कामबाट बचेको समय दौडलाई छुट्याएकी छन् ।  यो सफलताका लागि उनले दिनरात मिहिनेत गरेकी थिइन् । कामबाट बचेको समय दौड प्राक्टिस गर्थिन्। प्रशिक्षण लिएकी थिइन् । 

Sanvi jeeler
Maoustail service

प्रशिक्षक सन्तोष राईले दौडका टेक्निकहरू सिकाएका थिए । प्रशिक्षक सन्तोषले १५ हप्ताको ट्रेनिङ प्लान दिएका थिए । मन्दाले सोही अनुसार गरिन् । बिहान १५ किमी कुदिन् । बेलुका १० किमी कुदिन् । ‘यससँगै लङ रन र पार्क रन पनि गरेँ। पार्क रनमा साथीहरूसँग पनि आइडिया शेयरिङ हुन्थ्यो,’ उनी भन्छिन्, ‘यसरी दोस्रो पटक लन्डन म्याराथनमा सहभागी भइयो। त्यहाँको अर्कै भाइब्स हुन्छ। धेरै मानिस हुन्छन्। उनीहरूले हौसला दिन्छन्। त्यहाँको माहौलले पनि सहज बनायो।’

आमा बनेपछि दौडमा
मन्दा सन् २०१७ देखि दौड क्षेत्रमा लागेकी हुन् । सुरुआती दिनमा हप्तामा १-२ दिन कुद्थिन् । उनको भर्खरै बच्चा भएको थियो । तौल पनि बढी थियो । कोभिडपछि चाहिँ नियमित कुद्न थालेको उनले बताइन् । ‘मैले पार्क रनबाट सुरु गरे। यो प्रत्येक शनिबार हुन्छ। त्यहाँ कुद्नेहरूको छुट्टै सोसाइटी हुन्छ,’ उनले सुरुआती दिन सम्झिँदै भनिन्, ‘रनिङ गर्न थालेपछि हरेक पटक अघिल्लो पटकभन्दा राम्रो गरौँ भन्ने हुन्छ। त्यसैले राम्रो गर्न प्रेरणा मिल्यो।’ 

manda-gurung-1-1713888422.jpg
सोही क्रममा मन्दाले दौडलाई थप व्यवस्थित बनाउन लोकल क्लब ज्वाइन गरिन् । नेपाल रन युकेमा पनि सहभागी भइन् । तर नेपाल रन आफू बसेको स्थानभन्दा टाढा भएकाले नियमित गर्न सकिनन्। लोकल क्लबमा नै दौडिनेहरूको सर्कल बन्यो। साथीहरू बने। सो क्रममा म्याराथनमा भाग लिने सोच बनाएर श्रीमानसँग सल्लाह गरिन् । 

श्रीमानको सपोर्ट पाएपछि सन् २०२२ मा म्याचेस्टर म्याराथनमा सहभागी भइन् । ‘त्यतिखेर हिँडेर भए पनि पूरा गर्छु भन्ने लागेको थियो। तर ३ घण्टा ५१ मिनेटमा पूरा गरेँ,’ उनी भन्छिन्, ‘त्यसले हौसला मिल्यो। झन राम्रो गर्छु भन्ने भयो। अनि अरू म्याराथनमा पनि भाग लिएँ। पछिल्लो समय तीन वटा जस्तो हाफ म्याराथन गरेँ। १ घण्टा २९ मिनेटमा २१ किलोमिटरको हाफ म्याराथन सकाएँ।’ त्यसअघि मन्दाले सन् २०२३ को लन्डन म्याराथनमा पनि सहभागिता जनाइन् । त्यसबेला ३ घण्टा १६ मिनेटमा पूरा गरेकी थिइन्। 

पार्क रनका सफल रनर
मन्दा र श्रीमान् प्रकाश दुवै पार्क रनका सफल रनर हुन् । मन्दाको पार्क रनको बेस्ट (फास्टेस्ट टाइम) रेकर्ड १९ मिनेट ३६ सेकेन्ड रहेको छ । यस्तै हाफ म्याराथनको १ घण्टा २९ मिनेट रहेको छ । ‘प्रत्येक पार्क रनमा महिलातर्फ म पहिलो र मेरो श्रीमान् पनि पहिलो हुन्थ्यौँ,’ उनले भनिन्, ‘जसको सम्मानस्वरुप यहाँको पार्क रनले गत वर्ष फस्ट फिनिसर कपल-२०२३ भनेर अवार्ड दिएको थियो।’


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका
२२ औं पल्सर स्पोर्ट्स अवार्डको प्रवर्धक पोखरा महानगरपालिका शुक्रबार, साउन १६, २०८२
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने
महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालमा, खेल तालिका छिट्टै सार्वजनिक हुने शुक्रबार, साउन १६, २०८२
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा
१८ औं संस्करणको रेडिङ कप ३० अगस्टमा बुधबार, साउन ७, २०८२
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता
महिला साफ यू२० को उपाधि बांग्लादेशलाई, नेपाल उपविजेता सोमबार, साउन ५, २०८२
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग
ताप्लेजुङ गोल्डकपका लागि यूकेबाट जुट्न थाल्यो सहयोग शुक्रबार, साउन २, २०८२
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने
महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी, शनिबार भुटानसँग खेल्ने शुक्रबार, साउन २, २०८२
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्