Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 2, August, 2025 शनिबार, साउन १७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Gurkha
Rajshanti thanks
Mithai bhandar
भिडियो ग्यालरी
  • Home
  • भिडियो ग्यालरी
  • दमदार क्वोंने गुरुङ समाज युकेका चेलीबेटीहरूको तिहार कार्यक्रम-२०२३ [भिडियो]
दमदार क्वोंने गुरुङ समाज युकेका चेलीबेटीहरूको तिहार कार्यक्रम-२०२३ [भिडियो]
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, मंसिर १०, २०८०

लन्डन । कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने तिहार पर्वको आफ्नै महत्त्व छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ । तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही न केही इतिहास बताइरहेको छ । यस्तै गौरवपूर्ण इतिहास र परम्परालाई बेलायतमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेका चेलीबेटीहरुले केही वर्षदेखि निरन्तररुपमा कार्यक्रम गरी सभ्य र भव्यरुपमा मनाउँदै आएका छन् । 

आइतबार ५ नोभेम्बर २०२३ मा तमु धिं युकेको भवनमा प्रमुख अतिथि चेलिबेटीका प्रमुख सल्लाहकार समाजसेवी नन्दाकुमारी गुरुङ, मेयर अफ मिडिवे काउन्सिलर नीना गुरुङ, कन्सोर्ट अफ मेयर ताइकाजी गुरुङ, अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ, संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवन गुरुङ, चेलिबेटी प्रमुख चन्द्रदेवी गुरुङ र संस्थापक चेली प्रमुख पूनम गुरुङलगायतको उपस्थितिमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रम प्रारम्भ हुनुअघि प्रमुख अतिथि चेलिबेटीका प्रमुख सल्लाहकार समाजसेवी नन्दाकुमारी, मेयर नीनालगायत अतिथिलाई चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, महासचिव लीना गुरुङ, संस्थापक चेलीबेटी प्रमुख पूनमलगायत दर्जनौंले मिचेट भवनको आँगनबाटै बुकी, फूलमाला, टीकासहित अतिथिहरुलाई हल प्रवेश गराइएको थियो । जुनबेला पाइपर धुनले मन आनन्दित त पार्थ्यो नै, मेयर निना अफिसको फर्मल ड्रेसमा उपस्थित हुँदा आकर्षण थपिएको थियो ।  

तिहारलाई झिलिमिली र उज्यालो पर्वको रुपमा लिइन्छ । नभन्दै चेलीबेटीहरुले विभिन्न चिजवस्तु राखेर स्टेजलाई पनि निकै चित्ताकर्षक बनाएर सजाएका थिए । त्यसमा अतिथिहरु डम्म बस्दा झनै सुहाएको थियो । 

Sanvi jeeler
Maoustail service

पृष्ठभूमिमा तिहार सम्बन्धित गीत गुन्जिएसँगै चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङको सभापतित्वको कार्यक्रमलाई महासचिव लीना गुरुङले अगाडि बढाइन् । विभिन्न संघसंस्थाको अगुवाइ गरिरहेका दाजुभाइहरुको समेत उपस्थिति रहेको कार्यक्रममा कवितात्मक शैलीमा कार्यक्रम संयोजक उपचेली प्रमुख पन्चा गुरुङले स्वागत मन्तव्य गरेकी थिइन् ।

कार्यक्रम हलमा सहभागीहरु बाक्लिँदै थिए । त्यसपछि प्रमुख अतिथि जेष्ठ नागरिक लक्ष्मी कोन्स्यो, मेयर नीना, क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बर र चेलीबेटी प्रमुख चन्द्रदेवी, कन्सोर्ट अफ मेयर ताइकाजी गुरुङ, संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवन, संस्थापक चेलीबेटी प्रमुख पुनमले पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरे । 

कार्यक्रमका विभिन्न सेग्मेन्टअनुसार प्रमुख अतिथि नन्दा, मेयर नीनालाई चेलीबेटी प्रमुख चन्द्रदेवीबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थापक संयोजक तथा संरक्षक क्याप्टेन जीवनबाट कन्सोर्ट अफ मेयर ताइकाजी, अध्यक्ष क्या पिताम्बरलाई फेटाद्वारा सम्मान गरिएको थियो । विभिन्न संघसंस्थाका अध्यक्षमा नियुक्त दाजुभाइ, चेलिबेटी र ज्वाइँहरु सम्मानित भए । सो अवसरमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र डिजे लेख रानालाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष समेत रहेकी संस्थापक चेलीबेटी प्रमुख पुनम, तमुधीं यूकेका अध्यक्ष हरि गुरुङ, अध्यक्ष क्या पिताम्बरलगायत विभिन्न अग्रहजहरुले शुभकामना मन्तव्य राखेका थिए । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्या पिताम्बरले त झन् दाजुबहिनीको सम्बन्धबारे मजाले प्रस्ट्याएका थिए ।  

प्रमुख अतिथि नन्दाकुमारीले पनि संक्षिप्त भनाइ राख्दै सबैलाई आशीर्वाद दिएकी थिइन् । मेयर अफ मिडिवे काउन्सिलर नीनाले आफूलाई भव्य र सभ्य कार्यक्रममा निमन्त्रण गरेकोमा खुसी व्यक्त गर्दै परिवारकै तर्फबाट आयोजकलाई धन्यवाद दिइन् । 

मन्तव्य राखिएसँगै कार्यक्रममा प्रमुख अतिथि, अतिथि, चेलिबेटी प्रमुखलगायतले ‘ह्याप्पी तिहार–२०२३’ अंकित केकसमेत काटेर ‘सेलिब्रेसन’ गरिएको थियो ।  

दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ । 

दाजुभाइ र दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको ठूलो भूमिका छ । दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ । यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै छैन भने हुन्छ ।

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुले पनि सप्तरंगी टीका, फूलमाला, ढाकाटोपी, मरमसला, मिष्ठान्न एवं फलफूलहरू दिएका थिए । टोकाटालोपछि चेलीबेटीले देउसी भैली भट्टाए भने, तिहार गीतमा रमाए ।  सामूहिकरुपमा दाजुभाइले चेलीबेटीलाई ३५ सय पाउण्ड दक्षिणा प्रदान गरे । 

संस्थाको नेपालस्थित केन्द्रलाई जग्गा खरिद र भवन निर्माण सहयोगार्थ मेयर नीनाले १ हजार पाउण्ड सहयोग गरेकी थिइन् । सोही अवसरमा मेयर गुरुङले संस्थाको आजीवन सदस्यतासमेत लिइन् ।

दाजुभाइ, भाउजु, बुहारीहरु र दिदीबहिनीहरुलाई समेत विभिन्न संघ संस्थामा नेतृत्व प्राप्त भएको, सम्मान र पुरस्कृत भएकोमा चेलिबेटीको तर्फबाट खादा, माला पछ्यौरीले सम्मान गरिएको थियो । 

कार्यक्रममा गोर्खा दरबारले प्रबन्ध गरेको खानपिनमा दाजुभाइ, दिदीबहिनी उत्साही बनेर सहभागी बनेका थिए । 
चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले चेली र माइती भेट हुन पाउँदा खुसी र आनन्द लागेको बताउँदै सबैलाई बधाई तथा शुभकामना दिइन् । उनले आफूलाई कार्यक्रममा भावुक बनाएको समेत बताइन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप भिडियो ग्यालरी
भव्य बन्यो पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक भेटघाट
भव्य बन्यो पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक भेटघाट बुधबार, साउन ७, २०८२
Prakash Gurung With Shahid Azeem - Chairman - Aldershot Town F.C.
Prakash Gurung With Shahid Azeem - Chairman - Aldershot Town F.C. शुक्रबार, असार २०, २०८२
गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा गायिका पवित्रा गुरुङसँग मिलन तमुले गर्नुभएको कुराकानी
गोर्खा मिडियाको हिँड्दा हिँड्दै शृंखलामा गायिका पवित्रा गुरुङसँग मिलन तमुले गर्नुभएको कुराकानी शुक्रबार, जेठ १६, २०८२
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसँग अतिथि संवादमा प्रकाश गुरुङ
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसँग अतिथि संवादमा प्रकाश गुरुङ शुक्रबार, चैत १, २०८१
नेपालमा यसरी सम्पन्न भयो गोर्खाज् इन्टेक १९८५ को ४०औँ वार्षिकोत्सव
नेपालमा यसरी सम्पन्न भयो गोर्खाज् इन्टेक १९८५ को ४०औँ वार्षिकोत्सव शुक्रबार, चैत १, २०८१
तमु धीं यूकेको टोलीलाई काठमाडौँमा भव्य स्वागत
तमु धीं यूकेको टोलीलाई काठमाडौँमा भव्य स्वागत शुक्रबार, फागुन ९, २०८१
Condolnec Condolnec
लोकप्रीय
  • Week
  • Month
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
नेपालको गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन
निष्ठुरी दैव [कविता]
निष्ठुरी दैव [कविता]
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
एनआरएनए टर्कीको अध्यक्षमा विनोद पौडेल चयन
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
पञ्चासे समाज यूकेको वार्षिक भेला भव्य रूपमा सम्पन्न
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
प्हच्कूईरों क्होन्मे यूके भाइखलकको १७औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
व्यवसायी बलबहादुर थापाको नयाँ पब ‘रोयल ओक’ सञ्चालनमा
नेपाली भिलेज यूकेको सेयर खुला
नेपाली भिलेज यूकेको सेयर खुला
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
लन्डनमा गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन, बेलायती सांसदहरूको ऐक्यबद्धता
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
चार भन्ज्याङ तमु समाज यूकेको अध्यक्षमा दुर्गा गुरुङ चयन
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
ब्रिगेड अफ गोर्खाज् भेला र नेपाल कप २०२५ सम्पन्न [तस्बिरहरु]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्