Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
प्रमुख समाचार
  • Home
  • प्रमुख समाचार
  • मानवसेवा आश्रमलाई बेलायतबासीबाट १ करोेड सहयोग [फोटो फिचर]
मानवसेवा आश्रमलाई बेलायतबासीबाट १ करोेड सहयोग [फोटो फिचर]
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, असोज ९, २०८०

लन्डन । मानवता प्रवर्द्धनको लक्ष्य राखी मानवसेवा आश्रमले सेप्टेम्बर ६ तारिकबाट शुभारम्भ बेलायत यात्रा सार्थक बनेको छ । यसबीचमा बेलायतको ५ स्थानमा ‘आमा’ सेमिनार प्रस्तुत भएको छ । 

सुरुवातमा पेट मिचिमिची हसाउँदै अन्तमा सबैलाई भावुक बनाउनु कार्यक्रमको विशेषता नै बन्यो । आमा कार्यक्रममा सहभागी भएर भावुक नहुने र नरुने सहभागी विरलै होलान् मानवसेवा आश्रम यूके च्यापटर संयोजक सुनिल बाबु खड्काले बताए ।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गरेका थिए । उनलाई संस्थाका महासचिव शुशिला केसी (रुपा) र सचिव सुमन बर्तौलाले सघाएका थिए ।

बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले महत्वपूर्ण लक्ष्य र अद्भूत प्रतिवद्धता लिएको मानवसेवा आश्रम सेवा र प्रेरणाको संगम रहेको बताए ।

Sanvi jeeler
Maoustail service

अल्डरसटको कार्यक्रममा २ सय भन्दा बढी बेलायतबासी नेपालीहरुले भाग लिएका थिए । 

१ करोड बढी सहयोग संकलन 
मानवसेवा आश्रमको अभियानमा एक थान एम्बुलेन्स सहित १ करोड बढी सहयोग संकलन भएको छ । २०८२ सालभित्र नेपालको सडकपेटी एवं सार्वजनिक स्थलमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य पूरा गर्न बेलायतबासी नेपाली मनहरुको साथ, सहयोग र सद्भाव जुटाउने योजना सहित आयोजना भएको कार्यक्रममा सो सहयोग भएको हो ।

manav (15)1695751940.jpg

चितवन स्थाई घर भई क्रोनवाल यूके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गरे ।

जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनकोे एक कोठा निर्माण सहयोगका लागि ९ जनाले ५ लाख ११ हजार १११ दरले सहयोग गरेका छन् । 

उनीहरुमा १.राजु आचार्य, २. उत्सव विष्ट र खिमलाल खरेल, ३. चन्द्र अर्याल र राधा अर्याल, ४. दीपक ढकाल, ५. अमृत सेढाईं, ६. खिम खत्री, ७. विक्रम भट्टराई र पवित्रा भट्टराई, ८. सुरेश केसी र ९. दयानिधि सापकोटा हुन् । 

यस्तै १४ जनाले १ लाख ११ हजार १११ रुपैयाँ योगदान गरी मानवसेवा आश्रमको आजीवन बार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् । 

उनीहरुमा समाजसेवी बच्चु कैलाश कैनी, उत्सव विष्ट र खिमलाल खरेल, रामकृष्ण अर्यालय, लभ गौतम, प्रकाश कँडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिवयोगी, अप्सरा श्रेष्ठ, क्याट यूके, रविन्द्र शर्मा, प्रकाशचन्द्र भण्डारी र कोपिला खड्का भण्डारी, गोकुल खरेल र अर्का गोप्यदान गर्ने छन् ।

तुलसी फूयाल, सागर भट्टराई र उत्सव विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको लागि मासिक ८ हजार रुपैयाँ र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणको लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैया योगदान गर्नेगरी बेसहाराको अभिभावकत्व ग्रहण गरे । 

मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्तर्गत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३ सय ६५ जना पु¥याई कम्तीमा नेपालमा सञ्चालनमा रहेका एक सेवा केन्द्रको मासिक खर्च बेलायतबासीबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताए । केहीले गोप्यदान पनि गरेका छन् । 

यूके च्याप्टर गठन
सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई पूरा गर्न मानवसेवा आश्रम यूके च्यापटर गठन भएको छ । 

सेप्टेम्बर २४ मा अल्डरसटमा मातृत्व र मातृभूमिको सम्मानमा आयोजित आमा सेमिनारमा च्यापटर घोषणा भएको थियोे । च्यापटरका पदाधिकारीहरुलाई आमा सेमिनारका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले मनोनयन पत्र हस्तान्तरण गरे ।

आश्रमका अभिभावक बेलायतनिवासी समाजसेवी सुनिलबाबु खड्काको संयोजकत्वमा गठन भएको च्याप्टरमा राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक, यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१ सदस्य छन् । 

manav (14)1695751998.jpg

manav (13)1695751996.jpg

manav (12)1695751993.jpg

manav (11)1695751993.jpg

manav (9)1695751989.jpg

manav (10)1695751989.jpg

manav (7)1695751984.jpg

manav (8)1695751984.jpg

manav (5)1695751978.jpg

manav (6)1695751978.jpg

manav (3)1695751975.jpg

manav (1)1695751971.jpg

manav (2)1695751970.jpg

 

 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २३:५४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप प्रमुख समाचार
निर्वाचनमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई राष्ट्रपति पौडेलको आग्रह
निर्वाचनमा सहयोग गर्न गैरआवासीय नेपालीहरुलाई राष्ट्रपति पौडेलको आग्रह बिहीबार, मंसिर १८, २०८२
बेलायती दम्पतीले बनाइदिए नुवाकोटमा स्वास्थ्य इकाई भवन उद्घाटन
बेलायती दम्पतीले बनाइदिए नुवाकोटमा स्वास्थ्य इकाई भवन उद्घाटन शनिबार, कात्तिक २२, २०८२
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमको निधन
नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमको निधन शनिबार, कात्तिक २२, २०८२
लेडी मेयरको शोमा ऐतिहासिक सहभागिता जनाउँदै तमु समाज यूके
लेडी मेयरको शोमा ऐतिहासिक सहभागिता जनाउँदै तमु समाज यूके बिहीबार, कात्तिक २०, २०८२
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले दिए राजीनामा
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले दिए राजीनामा बिहीबार, कात्तिक २०, २०८२
एनआरएनएको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन २०२६ जनवरी ३० देखि 
एनआरएनएको १२ औँ महाधिवेशन तथा विश्व सम्मेलन २०२६ जनवरी ३० देखि  बुधबार, कात्तिक १९, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्