अमेरिका । तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्नियामा नयाँ कार्यसमिति चयन भएको छ ।
अगस्ट १९ शनिबार क्यार्लिफोर्नियास्थित ग्युटो फाउन्डेशनमा भएको छैटौं अधिवेशन तथा वार्षिक साधारणसभाबाट सुरज पाख्रिनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा चयन भएका पाख्रिन यसअघि महासचिव थिए ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष दावा लामा, उपाध्यक्ष बिबा वाइबा, महासचिव ग्याल्पो योञ्जन, सचिव ज्ञानकाजी लामा, कोषाध्यक्ष रोशन मोक्तान चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सानुकान्छी तामाङ, मोनिका लामा, फुलम योञ्जन, सिना वाइबा, बिशाल लामा, अमर लो तामाङ चयन भए । केही सदस्य निर्वाचित कार्यसमितिको बैठकबाट मनोनयन गरिने गरिने तामाङ को-अप्रेशन सोसाइटी क्यालिफोर्नियाले जनाएको छ ।
यसअघिका अध्यक्ष शेरबहादुर लामा र नवनिर्वाचित कार्यसमितिबीच शनिबार नै जिम्मेवार हस्तान्तरण भएको छ । तामाङ को-अप्रेशन सोसाइटी अफ क्यालिफोर्निया विसं २०६६ (सन् २००९) मा स्थापना भएको हो । यो संस्थाले हरेक वर्ष भेटघाट, बुद्ध पूर्णिमाको अवसरमा लामागुरु र बुद्ध धर्मका ज्ञाताबाट प्रवचन तथा पूजा कार्यक्रम, सोनाम ल्होछारका अवसरमा विभिन्न कार्यक्रम, सुख दुखमा कर्मभूमि र मातृभूमि नेपालमा सहायताका कार्यहरु गर्दै आइरहेको छ ।